रुपन्देही १ (क) का उम्मेदवार विश्वनाथ यादवले युवाहरूलाई उत्पादनमा जोड्ने बताएका छन् । देवदह १२ मा घरदैलो पछिको कोणसभालाई सम्बोधन गर्दै नेता यादवले युवालाई उत्पादन सङ्ग जोडेर समग्र क्षेत्रको आर्थिक स्तरोन्नति गरिने यादवले बताए। उत्पादन सङ्ग विकास जोडिएकोले कृषि,कलकारखाना लगायतका क्षेत्रमा युवाहरूलाई प्रोत्साहन गरिने यादवको भनाई थियो। त्यसैगरी रुपन्देही १ (ख) का उम्मेदवार अब्दुल रज्जाकले गठबन्धनको जीत भए क्षेत्रको विकासमा सहज हुने बताएका छन ।
आफ्नो लक्ष यस क्षेत्रको समग्र विकास र समृद्धि भएको उल्लेख गर्दै नेता रज्जाकले पुराना आयोजनाको पुर्णता र रणनीतिक महत्वका नयाँ योजनाको सुरूवात गरिने बताए । घरदैलोमा नेता भुसाल र रज्जाकलाई साधु, सन्तले आशीर्वाद सहित विजयको शुभकामना दिएका थिए । गठबन्धनको घरदैलो अभियान अन्तर्गत बिहीवार तिलोत्तमाका १५,१६ र १७ तथा देवदह(१२ मा मतदाता भेटघाट कार्यक्रम सम्पन्न भएको निर्वाचन परिचालन कमिटीका संयोजक हिरा बहादुर खत्रीले बताए। रुपन्देही(१ मा देवदह, रोहिणी, ओमसतिया र तिलोत्तमा गरि जम्मा ३३ वटा वडा रहेका छन।