एजेन्सी । इङ्ल्यान्ड आईसीसी टी–ट्वान्टी विश्वकपको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको खेलमा भारतलाई १० विकेटले हराउँदै इङ्ल्यान्ड उपाधि नजिक पुगेको हो । एडिलेट ओभलमा भारतले दिएको १६९ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्डले १६ ओभर विना विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो । इङ्ग्ल्यान्डका लागि आलेक्स हेल्स र जोस बट्लरले अर्धशतकीय पारी खेले । बल खेलेका हेल्सले ४ चौका र ७ छक्का प्रहार गर्दै ८६ रन बनाए। त्यस्तै जोस बट्लरले ९ चौका र ३ छक्का प्रहार गर्दै ८० रन बनाए ।
हेल्स र बट्लरको टी–ट्वान्टी विश्वकपमा सर्वाधिक साझेदारी हो । दुई खेलाडीले १७० रनको साझेदारी गरे । यसअघि भारतविरुद्ध नै पाकिस्तानका बाबर आजम र मोहमद रिजवानले १५२ रनको साझेदारी गरेका थिए। भारतका लागि कुनै ब्याटरले विकेट लिन सकेनन् । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६८ रन बनाएको थियो । भारतका लागि हार्दिक पाण्डेयले सर्वाधिक ६३ रन बनाए।
विराट कोहलीले ५० रनको अर्धशतकीय इनिङ खेले । कप्तान रोहित शर्माले २७ रन जोड्दा सूर्यकुमार यादव १४ रनमा आउट भए । इङ्ग्ल्यान्डका क्रिस जोर्डनले तीन विकेट लिए । क्रिस वोक्स र आदील राशिदले एक(एक विकेट लिए । अब इङ्ल्यान्डले फाइनलमा पाकिस्तानसँग खेल्नेछ । फाइनल खेल आइतबार हुनेछ ।