spot_img
spot_img
spot_img

गठबन्धनको सरकारले सुकुम्वासी समस्या समाधान गरेर छाड्छ : शाह

spot_img

रुपन्देही क्षेत्र नंं ५ मा गठबन्धनका तर्फबाट प्रतिनिधि सभाका उम्मेदवार नेपाली कांग्रेसका नेता भरतकुमार शाहले निर्वाचनपछि बन्ने लाृकतान्त्रिक बाम गठबन्धनको सरकारले सुकुम्वासी समस्या समाधान गर्ने प्रतिवद्धता जनाउनुभएको छ । रुपन्देही क्षेत्र नं. ५ अन्तर्गतका विभिन्न स्थानमा विहिवार भएको घरदैलो तथा चुनावी सभालाई सम्वोधन गर्दै उम्मेदवार शाहले यसअघि गाउँब्लकको समस्या समाधान भएको बताउँदै आगामी दिनमा नेपाली कांग्रेसको नेतृत्वमा वन्ने सरकारले सुकुम्वासी समस्या समाधान गरेर छाड्ने प्रतिवद्धता जनाउनुभयो ।

उहाँले रुपन्देही ५ मा धेरै विकासका काम भएको बताउँदै आगामी दिनमा पनि क्षेत्र नं. ५ का साना साना योजना पनि सम्पन्न गर्ने गरी त्यसलाई संघ, प्रदेश र पालिका स्तरमा विभाजन गरि अघि बढाउने बताउनु भयो । त्यसैगरी कार्यक्रममा रुपन्देही ५ (क) बाट गठबन्धनका तर्फबाट प्रदेश सभाका उम्मेदवार नेकपा माओवादीका केन्द्रिय सदस्य विनोद पहाडीले गठबन्धनको तर्फबाट आफू उम्मेदवार बनेको बताउँदै स्थानीय स्तरका समस्या समाधान गरि क्षेत्रलाई विकासको गतिमा अघि बढाउने प्रतिवद्धता जनाउनु भयो ।

उहाँले विगतमा नेकपा एमालेको सरकारले विकासका नाममा केही पनि नगरेको भन्दै अहिले धेरै काम गरेको भनेर जनताको आँखामा छारो हाल्ने काम गरेको आरोप लगाउनु भयो । कार्यक्रममा बोल्ने गठबन्धनका नेता कार्यकर्ताहरुले मंसिर ४ गते हुने निर्वाचनबाट गठबन्धनको जीत सुनिश्चित हुने यहाँका मतदाताको गठबन्धन दलहरुप्रतिको विश्वासले देखिएको बताउनु भयो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img