spot_img
spot_img
spot_img

सत्ता गठबन्धन दलद्धार घरदैलो अभियानलाई तिब्रता

spot_img

बुटवल//
रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य पदका सत्ता गठबन्धनका साझा उम्मेदवार केशवबहादुर थापा सुर्यबंशी र रुपन्देही क्षेत्र नं. २ अन्तरगत (१) बाट प्रदेश सभा सदस्य पदका उम्मेदवार दीर्घबहादुर (कुमार) केसीले निर्वाचनमा जित आफ्नो पक्षमा पार्न घरदैलो अभियानलाई तीव्रता दिएका छन् ।
आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको मिति नजिकिदै गर्दा सत्ता गठबन्धन दलका उम्मेदवारहरुले घरदैलोसंगै चुनावी प्रचारप्रसारलाई तिब्रता दिएका हुन् । प्रतिनिधि सभा सदस्यका उम्मेदवार केशव बहादुर थापा सुर्यबंशीे र प्रदेश सभा सदस्य पदका उम्मेदवार दीर्घबहादुर (कुमार) केसीले शुक्रवार तिलोत्तमा नगरपालिका वडा नम्बर १ जनतासंग भोट मागेका छन् । तिलोत्तमा १ शंकरचोक शुरु भएको घरदैलोमा वडाका मतदाताका समस्या, गुनासो, रायसुझाव लिदै उम्मेदवारहरुले भोट मागेको हुन । घरदैलोमा पार्टी कार्यकर्ता तथा स्थानीय वासिन्दाहरुको ठुलो जनसहभागिताले थप उत्साहित बनाएको वडा नम्बर १ का प्रचारप्रसार समितिका संयोजक जोवान सिंह ठकुरीले जानकारी दिए ।
उम्मेदवार तथा कार्यकर्ताहरुलाई मतदाताले ठाउँठाउँमा स्वागत गरेका छन् । घरदैलोमा मत माग्न पुगेका उम्मेदवारहरुलार्ई स्थानीयवासिन्दाले विजयी भएपछि नभुल्न र समानुपातिक विकास निर्माणसंगै दुःख, सुखमा साथ दिन अनुरोध गरेका थिए । उम्मेदवार केशव बहादुर थापा सुर्यबंशीे र दीर्घबहादुर (कुमार) केसीले रुपन्देही क्षेत्र नं. २ को चौतर्फी विकासको लागि आफहरुु चुनावी मैदानमा आएको बताए । आफुहरु विजयी भएपछि यहाँका जनताहरुको हरेक दुःख, सुखमा साथ दिने प्रतिवद्धता जनाए ।
स्थानीयवासीले रुपन्देही क्षेत्र नं. २ लाई समृद्ध बनाउने गरी काम गर्न उम्मेदवारलाई सुझाव दिएका छन् । विगत लामो समयदेखी यस क्षेत्रमा एमालेले नेतृत्व गरेको भएपनि केहि प्रभावकारी रुपमा केहि काम नगरेकाले एमालेको नेतृत्वबाट आजित भइसकेका यहाँका जनताहरुले आफुहरुलाई जिताउने उम्मेदवारहरुको दाबी छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img