spot_img
spot_img
spot_img

१५ वर्षमुनिको साफ महिला च्याम्पियनशिपको उपाधि नेपालले जित्यो

spot_img

काठमाण्डौ – ५ वर्षमुनिको साफ महिला च्याम्पियनशिप फुटबलमा बङ्गलादेशलाई हराउँदै नेपालले उपाधि जितेको छ । आज शुक्रवार ढाकामा बङ्गलादेशसँग एक–एक गोलको बराबरी खेल्दै नेपालले उपाधि जितेको हो । नेपालका लागि सुशीला केसीले खेलको १४ औँ मिनेटमा गोल गरिन् । उता बंगलादेशका लागि रुक्मा एक्तरले गोल गर्दा बंगलादेश बराबरीमा आयो । बराबरी भएसँगै नेपाल शीर्ष स्थानमा रहँदै १० अंक जोडेर च्याम्पियन बनेको हो । उता बंगलादेशले ७ अंक जोडेर तेस्रो भएको छ । डबल राउन्ड रोबिनका आधारमा भएको प्रतियोगितामा नेपालले यसअघि पहिलो खेलमा भुटानलाई सात–शून्य, दोस्रो खेलमा बङ्गलादेशलाई एक–शून्य गोल अन्तरले हराएको थियो । अर्को खेलमा नेपालले भुटानलाई एक–शून्य गोल अन्तरले हराएको थियो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img