spot_img
spot_img
spot_img

रवि लामिछानेको उम्मेदवारी बिरुद्ध आयोगमा उजुरी

spot_img

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको उम्मेद्वारी खारेजीको मागसहित निर्वाचन आयोगमा उजुरी परेको छ। चितवन निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका लामिछानेले विदेशी देशको नागरिकता लिई नेपालको नागरिकता त्याग नगरेको भन्दै उम्मेदवारी खारेजी को माग गर्दै राजकुमार पाण्डेले निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गराएको निर्वाचन आयोगका उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेले जानकारी दिनुभयो।
आचारसंहिता लागू गरेपछि आयोगमा अहिलेसम्म निर्वाचन आचारसंहिता उल्लङ्घनका एक सय २१ वटा उजुरी परेका छन् । जसमध्ये ११ वटा उजुरी फस्र्योट भइसकेका छन् भने एक सय १० वटा उजुरी फस्र्योट गर्न बाँकी रहेका छन् ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img