सुर्खेत । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न गठबन्धनले निरन्तरता पाउनुपर्ने बताउनुभएको छ। संविधानको रक्षा, स्थायित्व र शान्तिका लागि लोकतान्त्रिक–वाम गठबन्धन निर्माण भएको बताउनुभएको छ। उहाँले गठबन्धन दीर्घकालसम्म रहने समेत उल्लेख गर्नुभयो । उहाँले ओलीको संसद विघटन र प्रतिगमनकारी कदमविरुद्ध गठबन्धन आवश्यक रहेको भन्दै संसदमा संविधानको रक्षा र गणतन्त्रको संस्थागत हितका लागि गठबन्धनले जित्न आवश्यक रहेको बताउनुभएको छ ।
सुर्खेत निर्वाचन क्षेत्र नं। १ मा भएको कार्यक्रममा गठबन्धन निर्माणमा महत्वपूर्ण भूमिका खेलेका केन्द्रिय सभापति पूर्णबहादुर खड्का र गठबन्धनका उम्मेदवारलाई विजयी बनाउन शीर्ष नेताहरुले आग्रह गरेका छन। सुर्खेत १ बाट प्रतिनीधिसभामा गठबन्धन दलका तर्फबाट नेपाली काँग्रेसका केन्द्रिय उपसभापति पूर्णबहादुर खड्का उम्मेदवार हुनुहुन्छ ।