spot_img
spot_img
spot_img

नेपालमा विश्वकप फुटबल ५ सय रुपैयाँ तिरेर मात्रै हेर्न पाइने

spot_img

काठमाण्डौ । नेपालमा विश्वकप फुटबल लाइभ अतिरिक्त शुल्क तिरेर मात्रै हेर्न पाईने भएको छ । यसअघि विश्व कप प्रसारण गर्न नपाउने गरी यसअघि दिएको अल्पकालीन अन्तरिम आदेशलाई आज बुधवार सर्वोच्च अदालतका न्यायाधीश प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको संयुक्त इजलासले निरन्तरता नदिएपछि विवाद सकिएको हो । अब नेपाली ग्राहकले थप पाँच सय रुपैयाँ तिरेर मात्रै फुटबलको लाइभ हेर्न पाउने भएका हुन ।
अदालतको यो निर्णय गरेसँगै विश्व कप प्रसारणको निश्चित शुल्क लिएर मिडिया हबले लाइभ हेर्न पाउने निर्णय गरिसकेको छ । विश्व कपलाई नै लक्षित गरेर मिडिया हबले प्रत्यक्ष प्रसारणको अधिकार नयाँ च्यानल हिमालय प्रिमियम एचडीलाई दिइसकेको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img