spot_img
spot_img
spot_img

‘पोल्याण्डको क्षेप्यास्त्र हमलाको दोष रुसमाथि लगाएर विश्वयुद्ध निम्त्याउन खोजियो’

spot_img

एजेन्सी । रुसका पूर्व राष्ट्रपति दिमित्री मेद्भेदेवले पोल्याण्डको सिमानामा क्षेप्यास्त्र खस्नुले पश्चिम ‘विश्व युद्ध’को नजिक पुगेको देखाएको बताएका छन् । ‘युक्रेनको आरोप अनुरुप पोल्यान्डको फार्ममा हानिएको ‘मिसाइल हमला’को घटनाले एउटै कुरा मात्र प्रमाणित गर्छः रुसविरुद्ध हाइब्रिड युद्ध छेड्दै, पश्चिम विश्व युद्धको नजिक पुग्छ,’ मेदवेदेवले बुधबार ट्वीट गर्दै भने । रुसले पोल्याण्डको पूर्वी भेगमा मंगलबार खसेको क्षेप्यास्त्रमा आफ्नो कुनै संलग्नता नभएको बताएको छ । घटनामा दुई जनाको मृत्यु भएको छ ।

घटना भएको समयमा मस्कोले युक्रेनका कयौं सहरमा एक महिनायताकै सबैभन्दा ठुलो मिसाइलहरू प्रहार गरेको थियो ।
पोल्याण्डमा भएको मिसाइल प्रहार रुसले युक्रेनमा युद्ध सुरु गरेपछि कुनै नेटो सदस्य मुलुकहरूमा भएको पहिलो मिसाइल आक्रमण हो ।

यो क्षेप्यास्त्र कसले हान्यो वा ठ्याक्कै कहाँबाट प्रक्षेपण गरिएको हो भन्ने थाहा छैन, यद्यपि पोल्याण्डको विदेश मन्त्रालयले मिसाइल ‘रूसी निर्मित’ भनेर वर्णन गरेको छ । पूर्व राष्ट्रपति मेदभेदेव हाल रुसको सुरक्षा परिषद्का उप–प्रमुख हुन् । उनी सन् २००८ देखि २०१२ सम्म रसियाको राष्ट्रपति थिए र त्यसपछि २०१२ देखि २०२० सम्म देशको प्रधानमन्त्री रहेर काम गरे ।-सीएनएन

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img