spot_img
spot_img
spot_img

बुटवल–नारायणगढ सडक विस्तारको कामलाई तीव्रता दिन बुटवल उपमहानगरद्धारा ध्यानाकर्षण

spot_img

बुटवल । बुटवल–नारायणगढ सडक विस्तारको कामलाई तीव्रता दिन आयोजना कार्यालयलाई बुटवल उपमहानगरपालिकाले ध्यानाकर्षण गराएको छ । बुधबार बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले नारायणगढ–बुटवल सडक आयोजनाका प्रमुखसँग छलफल गर्दै सडक विस्तारको काम बुटवलबाट सुरु गर्न आग्रह गरेका छन । बुटवल उपमहानगरपालिकाका प्रमुख पाण्डेय, प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी र पूर्वाधार विकास शाखाका प्रमुख गौतम रौनियार र आयोजना पक्षको उपस्थितिमा बुटवल उपमहानगरपालिकाको कार्यालयमा भएको छलफलमा प्रमुख पाण्डेयले सडक विस्तारको काम समयमा नहुँदा दुर्घटना बढेको, धुलोका कारण आसपासको वस्ती र व्यवसाय प्रभावित भएको, सहर कुरुप भएकोलगायतका विषयलाई पनि चासो दिन ध्यानाकर्षण गराएका थिए । छलफलका क्रममा आयोजना प्रमुख प्रदीपराज शाक्यले सडक विस्तारको कामलाई तीब्रता दिने प्रतिबद्धता जनाए ।

बुटवल–नारायणगढ सडक निर्माण भएको ५७ वर्षपछि फराकिलो गर्ने गरी २०७५ सालको माघ २४ गते सम्झौता भएको थियो । अहिले चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले पूर्व–पश्चिम राजमार्गको नारायणगढ–बुटवल खण्डको ११४ किलोमिटर सडक निर्माणको काम गरिरहेको छ । २०७५ चैत ८ गते बुटवलबाट तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीबाट शिलान्यास भएको सडक कतै चार लेन, कतै ६ र तीन लेनको बनाउन लागिएको आयोजना प्रमुख शाक्यले बताए । गैंडाकोटदेखि दाउन्नेसम्मको ६५ किलोमिटर र दाउन्नेदेखि बुटवलसम्मको ४९ किलोमिटर सडकलाई दुई खण्डमा विभाजन गरेर ठेक्का लगाइएको छ । १६ अर्ब ९९ करोड ५२ लाख रुपैयाँ लागत लाग्ने यो योजनामा एसियाली विकास बैंकले ८५ प्रतिशत र बाँकी नेपाल सरकारको लगानी रहेको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img