निर्वाचनमा समाचार संकलन र मतगणना अपडेटका लागि सहज वातावरण बनाउन नेपाल पत्रकार महासंघले माग गरेको छ। शुक्रबार एक विज्ञप्ति निकाल्दैनिर्वाचन प्रयोजनका लागि पत्रकारले प्रयोग गर्ने सवारी साधनलाई सहज ढंगबाट चल्न दिन समेत महासंघले निर्वाचन आयोग र सरकारसँग आग्रह गरेको हो।
विज्ञप्तिमा भनिएको छ, “निर्वाचनको दिन आमसञ्चारकर्मीहरूलाई स्वतन्त्र, निर्बाध, सुरक्षित र सहजढंगबाट समाचार संकलन र सम्प्रेषण गर्ने वातावरण निर्माण गर्न तथा मतदान लगत्तै हुने मतगणनाको सहज र सरल तरिकाले समाचार संकलन गर्ने वातावरण बनाउन महासंघ निर्वाचन आयोग र सरकारसँग माग गर्दछ ।”
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??