गुल्मीको क्षेत्र नम्बर १ अन्तर्गत कालीगण्डकी गाउँपालिका २ अर्बेनीमा रहेको भगवती माध्यमिक विद्यालयको ‘क’ केन्द्रमा मतदान स्थगित भएको छ । प्रतिनिधि सभाको प्रत्यक्षतर्फको मतपत्र दिने ठाउँमा प्रदेश सभाको प्रत्यक्षतर्फको मतपत्र परेपछि चुनावी प्रक्रिया स्थगित भएको हो । त्यस्ता मतपत्र ५५ वटा रहेको बताइएको छ । मतदान प्रक्रिया चलिरहेको अवस्थामा मतपत्र साटिएपछि स्थगित भएको मतदान केन्द्रमा मतदान अधिकृत सहितको टोली पठाएर पुनस् मतदान गर्ने बताइएको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??