spot_img
spot_img
spot_img

श्रद्धा हत्या प्रकरण : प्रहरीले भेट्यो टाउकोको हिस्सा, आफताबको नार्को टेस्टको तयारी सुरु

spot_img

एजेन्सी । गत आइतबार श्रद्धा वाल्कर हत्या प्रकरणको अनुसन्धानका क्रममा दिल्ली प्रहरीले दक्षिण दिल्लीबाट टाउको र हड्डीका केही टुक्राहरू प्राप्त गरेको छ । यससँगै दिल्ली प्रहरीले दक्षिण दिल्लीको मैदनगढी इलाकाको एउटा ताल पनि खाली गराइएको छ । तर हालसम्म दिल्ली पुलिसले यस मामिलामा कुनै ठूला प्रमाण प्राप्त भएको जानकारी दिएको छैन । यस विषयमा अनुसन्धानकर्तालाई क्रमशः गाह्रो हुँदै गएको छ । दिल्ली प्रहरीको टोलीले अफताबलाई श्रद्धा वाल्कर र उनी बस्ने फ्ल्याटमा पनि लगेको थियो । यससँगै अफताबको नार्को टेस्ट हुनुअघि दिल्ली प्रहरीका अधिकारी र फोरेन्सिक टोलीले महत्वपूर्ण बैठक गरेका थिए । नार्को परीक्षणका क्रममा आफताबबाट केही जानकारी प्राप्त हुन सक्नेमा अनुसन्धानकर्ता आशावादी छन् ।
यसैबीच दिल्लीका पूर्व पुलिस कमिश्नर एसएन श्रीवास्तवले यो केस सुल्झाउन अनुसन्धानकर्ताहरूलाई धेरै गाह्रो भइरहेको बताएका छन् । उनले भने, ‘यो निकै कठिन मुद्दा हुन गइरहेको छ जसमा उनको ९आफताब० अपराध प्रमाणित गर्न न्यायिक प्रणालीका सबै अंगको सहयोग आवश्यक हुनेछ । प्रहरीले सक्दो प्रयास गर्नेछ । तर यस मामलामा अदालतले कुरा बुझेर निर्णय लिनुपर्नेछ ।’

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img