लुम्बिनी प्रदेश सभामा जनमत पार्टीका चन्द्रकेश गुप्ताकालागि ढोका खुल्ला गरिएको छ भने यस अघि नेपाली कांग्रेसबाट विजयी भइ सभासद भएका फकरुद्धिन खाँनको भने आगामी ५ बर्षका ढोका बन्द भएको छ। गुप्ताले गत मंसिर ४ गते सम्पन्न प्रदेश सभाको निर्वाचनमा १२ हजार ९ सय ४१ मत लिएर विजयी भएपछि प्रदेश सभामा प्रबेश गर्ने ढोका खुल्ला भएको हो। मुख्य निर्वाचन अधिकृतको कार्यालय रुपन्देही क्षेत्र नं. ५ गैडहवाले भर्खरै सार्वजनिक गरेको मत परिणाम अनुसार नेपाली कांग्रेसका फकरुद्धिन खाँनलाई १ हजार २ सय ९० मतान्तरले पराजित गरी लुम्बिनी प्रदेश सभा सदस्यमा विजयी भएका हुन।
३७ हजार १ सय ४५ खसेको मतमा गुप्ताले १२ हजार ९ सय ४१ मत प्राप्त गरी विजयी हुँदा नेपाली कांग्रेसका फकरुद्धिन खाँनले ११ हजार ६ सय ५१ मत प्राप्त गरेका थिए। यस्तै तेश्रो स्थान रहेका नेकपा एमालेका रामचन्द्र यादवले ४ हजार ८ सय ३८ मत प्राप्त गरेका छन।यस्तै लोकतान्त्रिक समाजवादीका अवुल कैैयस मुलमानले १ हजार ५ सय २४ मत प्राप्त गरेका छन ।