spot_img
spot_img
spot_img

घरदैलो नर्सिङ सेवालाई अझ प्रभावकारी ढंगले सञ्चालन गरिनेछ:नगर प्रमुख प्रजापति

spot_img

भक्तपुर नपाबाट सञ्चालित ख्वप अस्पतालद्वारा सञ्चालित घरदैलो नर्सिङ सेवा कार्यक्रमका वडा नर्सहरुसँग बुधबार छलफल भएको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा भक्तपुर नपाबाट सञ्चालित ख्वप अस्पतालद्वारा सञ्चालित घरदैलो नर्सिङ सेवा कार्यक्रमका वडा नर्सहरुसँग बुधबार छलफल कार्यक्रम भएको हो । कार्यक्रममा बोल्नुहुँदै प्रमुख प्रजापतिले नगरको स्वास्थ्य स्थिति थाहा पाउन र स्वास्थ्यको प्रोफाइल तयार गर्ने उद्देश्यले भक्तपुर नपाले घरदैलो नर्सिङ सेवा सञ्चालनमा ल्याएको बताउनुहुँदै अब दिनहरुमा घरदैलो नर्सिङ सेवा अझ प्रभावकारी ढंगले सञ्चालन गर्न वडा नर्सहरुलाई मार्ग निर्देशन गर्नुभयो ।
सोही क्रममा उहाँले जनतासँग प्रत्यक्ष सम्बन्ध राख्ने माध्यमको रुपमा घरदैलो नर्सिङ सेवा सञ्चालनमा ल्याएको बताउनुहुँदै भक्तपुर नपा घरदैलो नर्सिङ सेवा सञ्चालन गर्ने नेपालकै पहिलो स्थानीय तह भएको हुँदा यो गौरवपूर्ण कार्यको सफल निरन्तरताको निम्ति चिकित्सक तथा नर्सहरुले सेवामुखी ढंगले काम गर्न प्रेरित गर्नुभयो । ख्वप अस्पतालका डा रत्नसुन्दर लासिवा र अस्पताल व्यवस्थापक विश्वजित प्रजापतिले पनि ख्वप अस्पतालको अवस्थाबारे अवगत गराउनुभयो भने उक्त कार्यक्रममा वडा नर्सहरुले घरदैलो नर्सिङ कार्यक्रमको मासिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img