spot_img
spot_img
spot_img

देशवासीले गर्व गर्न लायक राजनीतिज्ञ बन्ने प्रतिनिधि सभा सदस्य डा.तोसिमा कार्कीको भनाई

spot_img

नवनिर्वाचित प्रतिनिधि सभा सदस्य डा। तोसिमा कार्कीले पाँच वर्षमा देशवासीले गर्व गर्न लायक राजनीतिज्ञ बन्ने बताएकी छिन । बिहीबार मुख्य निर्वाचन अधिकृतबाट विजयी भएको प्रमाणपत्र बुझ्ने क्रममा आउँदो ५ वर्ष देशले गर्व गर्न लायक राजनीतिज्ञ बन्ने बताएकी हुन । कार्की हालै ललितपुर क्षेत्र नम्बर ३ बाट विजयी प्रतिनिधि सभा सदस्यमा निवार्चित भएकी छिन । उनले संसदमा जनमुखि मुद्दाहरु उठाउने बताउदै आफूले मतदाता समक्ष राखेको प्रतिबद्धताहरू पूरा गरेपछि मात्रै विजयी उत्सव मनाउने भन्दै जितलाई जिम्मेवारीको रूपमा लिएको उल्लेख गरिन । ललितपुर बासीले आफूमाथि गरेको आशालाई निराशामा परिणत हुन नदिने पनि उनले प्रतिबद्धता ब्यक्त गरेकी छिन ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img