एजेन्सी । अल्जेरियाको एक अदालतले एक जना चित्रकारको क्रुर ढङ्गले गरिएको हत्यामा संलग्न ४९ जनालाई मृत्युदण्डको सजाय सुनाएको छ । गत वर्ष देशको उत्तरपूर्वी क्षेत्र काबिलीको जङ्गलमा आगो लगाएको आरोपमा एक सय जनाभन्दा बढीको भीडले चित्रकारको हत्या गरेको थियो ।
अधिकारीहरूका अनुसार वन डढेलो निभाउन गएका सैनिकसहित ९० जनाको ज्यान गएपछि स्थानीयले चित्रकार जामेल बेन इस्माइलको क्रुरतापूर्वक हत्या गरेका थिए । एकजना पुरूष र तीन जना महिलाले उनको शवलाई काटेर टुक्रा टुक्रा पारेर अन्तिममा जलाएका थिए । ती कलाकारले आफू आगो निभाउन जङ्गलमा जान लागेको सामाजिक सञ्जालमा उल्लेख गरेका थिए । स्थानीयले जामेललाई आफ्नो क्षेत्रमा कहिल्यै नदेखेको तथा निजले नै वनमा आगो लगाएको आशङ्कामा उनलाई मारेका थिए ।
चित्रकारको हत्यामा संलग्न ४९ जनालाई मृत्युदण्ड!
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??