रुपन्देहीको क्षेत्र नम्वर १, प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका सचिव छविलाल विश्वकर्मा विजयी हुनु भएको छ । नेता विश्वकर्मा रुपन्देहीको क्षेत्र नम्वर १, बाट प्रतिनिधि सभा सदस्यमा दोश्रो पटक निर्वाचित हुनुभएको हो । नेता विश्वकर्माले २४८७२ मत प्राप्त गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको हो । नेता विश्वकर्र्माले सत्ता गठबन्धनको समर्थन रहेको स्वतन्त्र उम्मेदवार घनश्याम भूषाललाई ३५६४ मतान्तरणले पराजित गर्दै विजयी हुनुभएको हो । अन्तिम मत परिणाम अनुसार स्वतन्त्र उम्मेदवार घनश्याम भूषालले २१३०८ मत प्राप्त गर्नुभएको छ । नेकपा एमालेबाट अन्तिम समयमा आएर टिकट नपाएपछि नेता भूषाल क्षेत्र नम्वर १, मा सत्तागठबन्धनको समर्थनमा स्वतन्त्र उम्मेदवार बन्नु भएको थियो । नेकपा एमालेका सचिव छविलाल विश्वकर्मा २०७४ सालको निर्वाचनमा भारीमतान्तरले विजयी हुनु भएको थियो । अन्तिम मत परिणाम पछि सञ्चारकर्मीहरु संग बोल्दै नेता विश्वकर्माले रुपन्देहीको क्षेत्र नम्वर १, को विकास निर्माणका वाकी रहेका कामलाई पूर्णता दिने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाले मंसीर ४ गते भएको प्रतिनिधि सभा निर्वाचनमा आफनो र पार्टीको मात्र नभई सिंगो क्षेत्रवासीको विजयी भएको बताउनु भयो । उहाले आमनागरिकलाई धन्यवाद दिदै यस क्षेत्रकोे विकासको लागि आफु प्रतिवद्ध भएर लाग्ने बताउनु भयो । उहाले आमनागरिकले दिएको मतलाई कदर गर्दै नागरिकबाट गुनासो नआउने गरी काम गर्ने बताउनु भयो । निर्वाचतन कार्यालय क्षेत्र नम्वर १, को अन्तिम मत परिणाम अनुसार राष्ट्यि स्वतन्त्र पार्टीका उम्मेदवार (घण्टी) ले १४१३८, नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार धनीराम चौधरी (ढकिया) ले १३९४६ मत प्राप्त गरेको निर्वाचन अधिकृत श्यामप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । यसैगरी जनमत पार्टीका उम्मेदवार (लाउड स्पीकर) ले ५१६६, स्वतन्त्र उम्मेदवार टिकाराम चापागाई (चापाकल) ले ३४८८, स्वतन्त्र उम्मेदवार (महिला) ले १७१२, राष्ट्यि जनमुक्ति पार्टीका उम्मेदवार दलबहादुर थापा (घर) ले १३९५, हाम्रो नेपाली पार्टीका उम्मेदवार विशाल वास्कोटा (लौरो) ले १०९५ मत प्राप्त गर्नु भएको निर्वाचन अधिकृत श्रेष्ठले जानकारी दिनुभयो । रुपन्देहीको क्षेत्र नम्वर १, मा ९५६३० मत खसेकोमा ५४५९ मत बदर भएको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।
हाम्रो बारेमा
फरक मिडिया प्रा.लि.
कम्पनी दर्ता :२९७८५३/२०७९/८०
सूचना विभाग दर्ता :३६६३-२०७९/८०