नेपाली चलचित्रका चर्चित नायक–नायिका निखिल उप्रेती र सञ्चिला लुइँटेलले मंगलबार ललितपुरस्थित अपाङ्गता केन्द्र पाटन सिबिआरलाई जाडोमा लगाउने लुगा हस्तान्तरण गरेका छन।
अमेरिकाको क्यालिफोर्नियामा रही व्यवसाय सञ्चालन गर्दै आएका मदरल्याण्ड नेपाल नामक सामाजिक संस्थाका अध्यक्ष अनिल पाण्डेले आफ्नी युवा छोरी मनसुन पाण्डेको स्मृतिमा तयार पारेका करिब १ लाख ५० हजार रुपियाँभन्दा अधिक मूल्यका ट्याकसूट पहिरण केन्द्रका आश्रित बालबालिका र कर्मचारीहरुलाई हस्तान्तरण गरिएको हो ।
‘मैले तीन महिनाअघि एक दुर्घटनामा छोरी गुमाएँ, उनी पनि समाजसेवामा खुबै रुचि राख्थिन् । उनकै नाममा उनको चित्र अंकित ट्याकसूट बनाएर दान गरेको हुँ’ समाजसेवी पाण्डेले सम्बोधनका क्रममा भावुक हुँदै भने ।
कार्यक्रममा कलाकार उप्रेतीले आफै आर्थिक स्रोत जुटाएर सहयोग गर्नुपर्नेमा मदरल्याण्ड नेपाल र त्यसका अध्यक्ष अनिलजीले धर्म गर्ने अवसर जुराइदिएको भन्दै आभार प्रकट गरे । ‘हात मात्र हाम्रो हो, हाम्रा हातलाई दान गर्ने अवसर जुराइदिएर अनिलजीले हामीमाथि गुन लगाउनुभएको छ’ एक्सन हिरो निखिलको भनाइ थियो । पाण्डे स्वयं पनि चलचित्र तथा टेलिफिल्मका अभिनेता तथा विभिन्न सञ्चार माध्यममा स्तम्भलेखक हुन् ।
मदरल्याण्डको सहयोग, निखिल र सञ्चिताको हात
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??