spot_img
spot_img
spot_img

कञ्चनमा सञ्चालित रक्तदानमा ४० युनिट रगत संकलन

spot_img

नेपाल रेडक्रस सोसाइटी, कञ्चन उपशाखा रुपन्देहीको आयोजनामा संचालन गरिएको खुल्ला रक्तदान कार्यक्रममा ४० युनिट रगत संकलन भएको छ। स्थानीय आमा समूहहरु कञ्चन आमा समूह, मनकामना आमा समूह, एकता आमा समूह, शान्ती आमा समूह, वागेशवरी आमा समूह र कल्याणकारी आमा समूहको संयुक्त सह आयोजनामा संचालित रक्तदान कार्यक्रममा रक्त सञ्चार केन्द्र, भैरहवाको प्राविधिक सहयोग रहेको थियो।
कार्यक्रमको शुभारम्भ गर्दै कञ्चन गाउपालिका वडा नं. ४ का वडा अध्यक्ष केशर बहादुर खत्रीले रक्तदान जस्तो पुण्य कार्यमा सहभगिता जनाएर निस्वार्थ सेवाभाव प्रकट गर्ने रक्तदाताहरुलाई धन्यवाद व्यक्त गर्नुभयो।
रक्तदानले आफ्नो स्वास्थ्यलाई सन्तुलित राख्न समेत सहयोग गर्ने भएकोले कञ्चनमा नियमित रुपमा रक्तदान कार्यक्रम संचालन गर्ने संघसंस्था र नेपाल रेडक्रस सोसाइटी, कञ्चन उपशाखा जिवनदाता समेत भएको वडा अध्यक्ष खत्रीले उल्लेख गर्नु भयो।
कार्यक्रममा उपशाखाका सभपति गंगालाल पौडेललेले जिवन र मृत्युको दोसांधमा रहेका व्यक्तिहरुको जिवन रक्षाको लागि रक्तदान कार्यले निकै धेरै सहयोग गर्नेमा विश्वास ब्यक्त गर्नुभयो।
नेपाल रेडक्रस सोसाइटी कञ्चन उपशाखाको अभियानमा सहकार्य गर्ने स्थानीय आमा समूहहरुलाई समेत धन्यवाद दिनु भयो । उपशाखाका उपसभापति हिमा बेलवासेले रगतको अभाव जुनसुकै बेला र जुनसुकै व्यक्तिहरुलाई हुन सक्ने भएकोले रक्तदान जस्तो पुण्यकार्यमा महिलाहरुको सहभागिता बढाउन आवस्यक रहेको बताउनुभयो। पछिल्लो समय रक्तदान गर्ने कार्यमा महिलाहरुको सहभागिता बढ्दै जानु सकारात्मक पक्ष रहेको समेत उपसभापति बेलवासेले उल्लेख गर्नुभयो। रक्तदान कार्यक्रम कञ्चन ४, स्थित अस्नैया बजारमा भएको थियो।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
1.9K
खुसी
234
हासो
334
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img