spot_img
spot_img
spot_img

नेपाल टेलिकमले ई-सिम वितरण गर्दै, मोबाइलमा सिम कार्ड नचाहिने

spot_img

नेपाल टेलिकमले देशभरका सबै दूरसञ्चार कार्यालयबाट इम्बेडेड सिम अर्थात् ई–सिम वितरण थालेको छ। अब मोबाईलमा सिम कार्ड नचाहिने गरी देशभरका दूरसञ्चार कार्यालयहरुबाट ई–सिम बितरण गरिने टेलिकमले जनाएको छ। अहिले भौतिक सिम प्रयोग गरिरहेका कम्पनीका पुराना पोस्टपेड र प्रिपेड ग्राहकहरुले निःशुल्क रुपमा ई–सिम लिन सक्नेछन् भने नयाँ पोस्टपेड सेवा लिन चाहने ग्राहकलाई अहिलेको बिक्री मूल्यमै ई–सिम उपलब्ध गराइने टेलिकमका प्रवक्ता शोभन अधिकारीले जानकारी दिएका छन। यसअघि गएको भदौ ३१ गतेदेखि काठमाडौको सुन्धारामा रहेको ग्राहक सेवा केन्द्रबाट टेलिकमले ई–सिम वितरण शुरु गरेको थियो ।
मोबाइल सेटमा ई–सिम इन्स्टल गर्नका लागि क्यूआर कोडमार्फत स्क्यान गर्नुपर्ने र क्यूआर कोडको सुविधा भएका मोबाइलमा मात्र ई–सिम प्रयोग गर्न सकिने जनाईएको छ। आफ्नो मोबाइल सेटमा ई–सिम चल्ने/नचल्ने यकिन  गर्न *#06# डायल गर्नुपर्छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
803
खुसी
218
हासो
502
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img