spot_img
spot_img
spot_img

चीनको राजधानी बेइजिङमा शीतलहरको चेतावनी

spot_img

एजेन्सी । चीनको राजधानी बेइजिङमा चिसो बढ्दै गएको छ । त्यहाँको मौसम पूर्वानुमान महाशाखाले भोलि केही दिन चिसो अत्यधिक बढ्ने र शीतलहर चल्ने चेतावनी दिएको छ । महाशाखाले चिसो सिरेटो चल्ने चेतावनीसहित आवश्यक सावधानी अपनाउन नागरिकलाई सचेत गराएको छ ।
शीतलहरका कारण दैनिक अधिकतम तापक्रम १३ डिग्री सेल्सियसबाट घटेर माइनस तीन डिग्री सेल्सियस सम्ममा झर्ने अनुमान छ । भोलि बुधवारसम्म तापक्रम १६ डिग्री सेल्सियससम्म घट्ने र चिसो सिरेटो चल्ने महाशाखाले जनाएको छ ।
शीतलहरबाट नागरिकलाई जोगाउन कृषि, वन, यातायात लगायत सरकारी निकायले आवश्यक तयारी गरिरहेका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ। बेइजिङका बासिन्दालाई अतिआवश्यक काममा बाहेक घरबाट बाहिर ननिस्कन र न्यानो रहन सल्लाह दिइएको छ । बेइजिङमा केही दिनदेखि ‘शून्य कोभिड नीति’ विरुद्ध प्रदर्शन हुँदै आएको छ ।
यो प्रदर्शनका कारण जनजीवन अस्तव्यस्त बनेको छ । साथै चिसो र शीतलहरले अझ समस्या पार्ने अनुमान छ । यसैबीच अत्यधिक चिसोका कारण मङ्गोलियाको राजधानी उलानबटारका सबै विद्यालय र विश्वविद्यालयका भौतिक कक्षा बन्द भएका छन् ।
अत्यधिक चिसो, भारी हिमपात र हिम आँधीका कारण सहरका सबै विद्यालय र विश्वविद्यालय बन्द गरेर अनलाइन कक्षा सुरु गरिएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
4.8K
खुसी
181
हासो
100
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img