spot_img
spot_img
spot_img

कपिलवस्तुमा ३७ हजार बढी मत बदर

spot_img

गएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा ३७ हजार बढी मत बदर भएको छ । प्रत्यक्षतर्फ प्रतिनिधिसभामा १३ हजार चार सय ५६ मत बदर भएको छ भने प्रदेशसभामा ११ हजार एक सय ४३ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुका निर्वाचन अधिकृत राजीव पन्थीले जानकारी गराएका छन । तीन प्रतिनिधिसभा र छ प्रदेशसभा निर्वाचन क्षेत्र रहेको जिल्लामा सबैभन्दा बढी मत क्षेत्र नं ३ मा बदर भएको छ ।
क्षेत्र नं ३ मा प्रत्यक्षतर्फको प्रतिनिधिसभामा ५ दशमलव ३१ प्रतिशत मत बदर भएको छ भने दुवै प्रदेशसभा १ मा ४ दशमलव ३२ प्रतिशत र प्रदेशसभा २ मा ५ दशमलव ८१ प्रतिशत मत बदर भएको छ ।

जिल्लामा सबैभन्दा कम मत क्षेत्र नं २ मा बदर भएको छ । प्रतिनिधिसभातर्फ तीन दशमलव ८१ प्रतिशत मत बदर हुँदा प्रदेशसभा १ मा दुई दशमलव ६० प्रतिशत र प्रदेशसभा २ मा चार दशमलव ६५ प्रतिशत मत बदर भएको पन्थीको भनाई छ ।
क्षेत्र नं १ मा ५ दशमलव ८७ प्रतिशत मत बदर भएको छ । प्रदेशसभा १ मा ३ दशमलव ८१ प्रतिशत र प्रदेशसभा २ मा पाँच दशमलव ६४ प्रतिशत मत बदर छ । प्रतिनिधिसभा तथा प्रदेशसभा समानुपातिकतर्फ क्षेत्र नं १ मा पाँच दशमलव ३३ प्रतिशत, क्षेत्र नं २ मा ४ दशमलव १८ प्रतिशत र क्षेत्र नं ३ मा ५ दशमलव ९९ प्रतिशत मत बदर भएको निर्वाचन आयोगले जनाएको छ । जिल्लामा मतदाता शिक्षा प्रभावकारी नभएको कारण मत बदर भएको बताईएको छ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
2.5K
खुसी
204
हासो
176
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img