spot_img
spot_img
spot_img

अमेरिकी फ्रिडम पार्टी र त्यसको चुनाव चिह्न घण्टीकै झलक दिने गरी स्वतन्त्र पार्टी बनाएको प्रती ओलीले आलोचना

spot_img

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीको नाममा नै आलोचना व्यक्त गरेका छन । राष्ट्रिय जनसांस्कृतिक महासङ्घ नेपालले आज मङ्गलवार ललितपुरको च्यासलमा रहेकाे पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको कार्यक्रममा बोल्दै ओलीले अमेरिकामा रहेको फ्रिडम पार्टी र त्यसको चुनाव चिह्न घण्टीकै झलक दिने गरी लामिछानेले आफ्नो पार्टीको नाम राखेको भन्दै त्यसको आलोचना गरेका हुन । साथै ओलिले यो संयोग नै भएपनि यसले देशको संस्कृति र पहिचानलाई मेटाउन बल पुग्ने जिकिर समेत गरे । उनले अर्काको नक्कल गर्ने, अरूको इतिहास पढ्ने र सुन्ने यस खालको गतिविधिले नेपालको गर्व गर्न लायक इतिहासलाई बिर्साउने खतरा रहेको समेत उल्लेख गरेका हुन ।
‘हामीले आफैँलाई बिर्सियाैँ । आफूप्रति गर्व गर्न छाड्यौँ । आफ्नो संस्कृति र पहिचान मेटाउन लाग्यो । दुरुस्तै अर्काको नक्कल गर्न थाल्यो । संयोग नै भन्नुपर्ला अमेरिकामा एउटा फ्रिडम पार्टी छ, त्यसको चुनाव चिह्न पनि घण्टी छ । संयोग नै होला । दुरुस्तै खालको घण्टी यहाँ पनि आएको छ । अस्तिसम्म स्याप्पै थियो त्यो बेलुन तर हावा नहाली कसरी भयो यत्रो ? केही त होला । त्यतातिर पनि नजाउ । मैले खाली हाम्रो संस्कृति, हाम्रो पहिचान रक्षा गरेर मात्रै हाम्रो पहिचानलाई कायम गर्न सकिन्छ भन्न खोजेको हुँ ।’उनले भनेका छन ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
3.7K
खुसी
207
हासो
515
अचम्मित
1
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img