spot_img
spot_img
spot_img

काँग्रेसको पराजयपछि रुपन्देहीमा पार्टी नेतृत्वले नैतिक रूपमा राजीनामा दिनुपर्ने माग

spot_img

रुपन्देहीमा नेपाली काँग्रेसको पराजय भएपछि जिल्लाको पार्टी नेतृत्वले नैतिक रूपमा राजीनामाको माग गरेका छन । सत्तारूढ दलहरूको सहयोगमा देशभर सबभन्दा धेरै सिट जितेको नेपाली काँग्रेस प्रतिनिधि सभातर्फ पाँचवटा निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा शून्यमा आउनु जिल्ला नेतृत्वको अक्षमता भएको भन्दै काँग्रेसका विभिन्न कमिटीमा आबद्ध व्यक्तिहरूले आज एक विज्ञप्ति जारी गर्दै नैतिकताको आधारमा राजीनामा दिन माग गरेका हुन् ।

विज्ञप्ति जारी गर्नेमा नेपाली काँग्रेस लुम्बिनी प्रदेश समितिका सदस्यहरू रामबहादुर कार्की, विष्णु पोखरेल, रमेश खनाल, हरिध्वज मल्ल, पूर्व लुम्बिनी प्रदेश समिति सदस्य रमा अर्याल, पूर्व महाधिवेशन प्रतिनिधि जसवन्त कुँवर, नेविसंघ पूर्व केन्द्रीय सदस्य हरि न्यौपाने, नेपाली काँग्रेस पूर्व क्षेत्रीय सचिव जोगबहादुर क्षेत्री, क्षेत्रीय प्रतिनिधिहरू खगेन्द्र रिजाल, रत्नबहादुर पौडेल, पोषराज चापागाईँ लगायत रहेका छन् । पार्टीभित्र अन्तर्घात गरिएको भन्दै केही सञ्चार माध्यममा आफूहरूमाथि लगाइएको आरोपप्रति आपत्ति पनि जनाएका छन्। गृहमन्त्री रहेका रुपन्देही क्षेत्र नम्बर ३ का उम्मेदवार बालकृष्ण खाँण पनि गएको चुनावमा पराजित भएका हुन ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
4K
खुसी
182
हासो
241
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img