spot_img
spot_img
spot_img

पूर्वी नवलपरासीमा बदर मतको संख्या ३० हजार

spot_img

गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा पूर्वी नवलपरासीमा प्रत्यक्ष र समानुपातिक गरेर ३० हजार ९ सय २५ मत बदर भएका छन् । प्रतिनिधि सभा सदस्य प्रत्यक्ष र समानुपातिक तथा प्रदेश सभा प्रत्यक्ष र समानुपातिक गरी सो सङ्ख्यामा मत बदर भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्लाको क्षेत्र नं १ मा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ८६ हजार ६ सय ७० मत खसेकामा ४ हजार १०३ मत बदर भएका छन् ।
प्रदेशसभा तर्फ क्षेत्र नं १ (१) मा कूल खसेको मत ४१ हजार चार सय एकमध्ये १ हजार ७४४ मत, प्रदेश सभाको क्षेत्र नं १ (२) मा एक हजार सात सय ७७ मत बदर भएको हो। यो प्रदेशसभा निर्वाचन क्षेत्रमा ४५ हजार १२९ मत खसेको थियो ।
त्यसैगरी क्षेत्र नं २ मा प्रतिनिधि सभाको प्रत्यक्षतर्फ ८५ हजार ८८ मत खसेकामा ३ हजार ४६२ मत बदर भएका छन् । प्रदेशसभातर्फ क्षेत्र नं २ (१) मा कूल खसेको मत ४२ हजार ५९० मध्ये एक हजार ३३६ मत र प्रदेश सभाको क्षेत्र नं १ (२) मा एक हजार २१४ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ ।
यो प्रदेशसभा निर्वाचन क्षेत्रमा ४२ हजार चार सय ९६ मत खसेको थियो । समानुपातिकतर्फ प्रतिनिधि सभा क्षेत्र नं १ मा ८७ हजार चार सय ९१ मत खसेकामा तीन हजार सात सय ८५ मत बदर भएका छन् भने क्षेत्र नं २ मा ८३ हजार छ सय ८६ मत खसेकामा तीन हजार चार सय २१ मत बदर भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । त्यसैगरी प्रदेशसभातर्फ क्षेत्र नं १ (१) मा ३ हजार एक सय ६४ मत बदर भएका छन् भने क्षेत्र नं १ (२) मा तीन हजार दुई सय १९ मत बदर भएको जनाईएको छ। प्रदेशसभाको क्षेत्र नं २ (१) मा एक हजार नौ सय ७८ मत र क्षेत्र नं २ (२) मा एक हजार सात सय २२ मत बदर भएको आयोगको भनाई छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
3.3K
खुसी
226
हासो
572
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img