प्रतिनिधि सभाको समानुपातिकतर्फको मतगणना जारी छ । बुधबार साँझ ६ बजेसम्मको तथ्याङ्कअनुसार समानुपातिकतर्फ नेकपा (एमाले) को अग्रता छ । हालसम्मको १ करोड १ लाख ७१ हजार २ सय ७३ सदर मतमध्ये एमालेले २७ लाख २० हजार ६ सय ३९ मत प्राप्त गरेको छ । नेपाली कांग्रेसले २५ लाख ८५ हजार ९०, नेकपा (माओवादी केन्द्र)ले ११ लाख ५३ हजार चार सय ४३, राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख चार हजार दुई सय ४५, राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ७९ हजार दुई सय ७५, जनता समाजवादी पार्टीले चार लाख आठ हजार नौ सय ६४, जनमत पार्टीले तीन लाख ७६ हजार एक सय ९९, नेकपा (एकीकृत समाजवादी)ले दुई लाख ९० हजार एक सय ९६ र नागरिक उन्मुक्ति पार्टीले दुई लाख ६८ हजार चार सय ३६ मत प्राप्त गरेका छन् ।
लुम्बिनीमा एमालेले पाँच लाख ७० हजार नौ सय २१, कांग्रेसले चार लाख ९९ हजार नौ सय ८६, माओवादीले एक लाख ९८ हजार चार सय ५०, राप्रपाले एक लाख २७ हजार चार सय ५२ र नागरिक उन्मुक्ति पार्टीले एक लाख २५ हजार पाँच सय २१, कर्णालीमा एमालेले एक लाख ८३ हजार नौ सय ५०, कांग्रेसले एक लाख ७० हजार सात सय ५६ र माओवादीले एक लाख ३७ हजार छ सय २९ तथा सुदूरपश्चिममा एमालेले दुई लाख ४८ हजार आठ सय ४०, कांग्रेसले दुई लाख ४३ हजार २९ र माओवादी केन्द्रले एक लाख १८ हजार नौ सय तीन मत प्राप्त गरेका छन् ।
समानुपातिकमा एमालेको २७ लाख मत
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
2.2K
178
448