spot_img
spot_img
spot_img

विश्वकप तयारीमा चार सयदेखि पाँच सय कामदारको ज्यान गएको कतारको स्वीकार

spot_img

फिफा विश्वकप फुटबलको तयारीमा चार सयदेखि पाँच सय कामदारको ज्यान गएको कतारले स्वीकार गरेको छ। ज्यान गुमाउनेहरु विभिन्न देशबाट रोजगारीका लागि कतार पुगेका मजदुरहरु हुन् ।
कतारले श्रमिकको मृत्युको संख्या तोकेरै सार्वजनिक गरेको यो पहिलो पटक हो । अङ्ग्रेजी पत्रिका ‘बिजनेश स्ट्यान्डर्ड’मा प्रकाशित समाचारका अनुसार कतारका शीर्ष नेता हसन अल थावादीले बेलायती पत्रकार पियर्स मोर्गनलाई दिएको अन्तरवार्तामा यो संख्यात्मक मृत्युको स्वीकार गर्नुभएको हो ।

‘यो सङ्ख्या चार सयदेखि पाँच सयको बीचमा छ,‘उहाँले भन्नुभयो,‘मसँग यकिन सङ्ख्या छैन, तर एक जनाले ज्यान गुमाउनु पनि धेरै दु:खद पक्ष हो ।’
थावाडीका अनुसार ज्यान गुमाएकाहरु विश्वकपका लागि मैदान, सडक, होटललगायतका पूर्वाधार निर्माणमा संलग्न थिए। यसअघि कतारले विश्वकपको तयारीका क्रममा ज्यान गुमाउनेको संख्या धेरैमा ३७ देखि ४० सम्म रहेको दाबी गर्दै आएको थियो ।
कतारले १२ वर्षअघि विश्वकप आयोजनाको जिम्मेवारी पाएको थियो । विश्वकप फुटबल आयोजना गर्ने कतार पहिलो खाडी देश हो । कतारमा अहिले पनि ४ लाख नेपाली कार्यरत रहेको अनुमान छ । उनीहरु रंगशाला निर्माणका लागि खटिएका थिए ।
विश्वकपका लागि कतारले ८ वटा रंगशाला निर्माण गरेको छ। रंगशाला तथा यससँग जोडिएका निर्माणमा नेपाललगायत भारत, पाकिस्तान, बंगलादेश र श्रीलंका गरी ५ वटा दक्षिण एसियाली देशका ६ हजार ५ सयभन्दा धेरै श्रमिकले ज्यान गुमाएको तथ्याङ्क यसअघि विभिन्न निकायबाट सार्वजनिक गरिएको छ ।
जुन कतार सरकारले दाबी गरेको संख्या भन्दा निक्कै धेरै छ। गएको मंसिर ४ गतेदेखि कतारमा सुरु भएको २२ औँ संस्करणको प्रतियोगितामा ३२ देश सहभागी छन् ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
4.5K
खुसी
249
हासो
134
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img