लुम्बिनी प्रदेश सरकारले सबै मन्त्रालय स्थायी राजधानी दाङ देउखुरीमा सार्ने तयारी गरेको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुुलबहादुर केसीले प्रदेश सरकार मातहतका सबै मन्त्रालयका लागि आवश्यक पर्ने पूर्वाधारसहित मुख्य सचिवको आवास व्यवस्थापनको काम भइसकेकाले निर्वाचन आचारसंहिता अन्त्य भएसँगै मन्त्रालयहरु राजधानीमा सार्ने बताएका छन । मन्त्रालय स्थानान्तरणका लागि आन्तरिक तयारीमा सरकार लागि रहेकाले यही मंसिर महिनाभित्र प्रदेश सरकार मातहतका सबै मन्त्रालय राजधानीमा सार्ने तयारी गरिएको हो ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
1.9K
188
571