spot_img
spot_img
spot_img

कञ्चनमा शारिरिक अपांगता भएका बिधार्थीहरुलाई स्टेशनरी सामाग्री वितरण

spot_img

३१ औं अन्तराष्ट्रिय अपांगता दिवसको अवसरमा कञ्चनमा शारिरिक अपांगता भएका बिधार्थीहरुलाई स्टेशनरी सामाग्री वितरण गरिएको छ। कञ्चन गाउँपालिकाको सभाहलमा भएको कार्यक्रममा अपांगता पुर्नस्थापनाका लागि सुझाव तथा आवस्यकता सम्बन्धी योजना माग सेमत संकलन गरिएको थियो।
कार्यक्रममा कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले गाउँपालिकालाई अपांगमैत्री बनाउन र अपांगता भएका व्यक्तिहरुको पुर्नस्थापनाका लागि आगामी बर्षका योजना छनौटमा समावेश गरी अगाडी बढिने प्रतिबद्धता ब्यक्त गर्नु भयो। कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका अध्यक्ष ढकालले सकेसम्म कुनैपनि शारिरीक अपांगता भएका व्यक्तिहरुलाई आतनिर्भर बनाउन बिभिन्न ब्यबसायिक तथा आयमुलक तालिम संचालन गरी जिवन निर्वाहको आधार तयार गर्न आवस्यक योजना निर्माण गरिने उल्लेख गर्नुभयो।
वडा नं ४ का वडा अध्यक्ष केशर बहादुर खत्रीले अपांगता भएका व्यक्तिहरुलाई अवसर दिए उनिहरुको क्षमता र सीप अुनसार समाजलाई योगदान दिने बताउनु भयो। गाउपालिकाका कार्यपालिका सदस्य तथा प्रवक्ता चित्र तुलाचनले अपांगता भएका व्यक्तिहरु आफुले केही गर्न सक्दैन,म शारिरीक अपांगता छु भनेर अनुहार खुम्चाएर बस्न नहुने बताउनु भयो। सकेसम्म घरभित्रै भएपनि अवसरको सम्भावनाको खोजी गरी उदाहरणिय बन्नु पर्ने प्रवक्ता तुलचानले जोड दिनुभयो। अपांगता पुर्नस्थापना केन्द्र, कञ्चनका अधयक्ष टोपलाल भट्टराइले राज्यले नै अपांगता भएकाहरुलाई दोश्रो नागरिकको रुपमा हेर्दै आएको गुनासो गर्दै स्थानीय तहले पनि राज्यको रवयबहार गर्न नहुने कुरा आग्रह गर्नु भयो। म आफैमा अपांगता छु तर मैले आफुलाई अपांग ठान्दिनँ किन भने मैले मेरो क्षमता जे गर्न सक्छु त्यही गर्दै आएको छ, अध्यक्ष भट्टराइले भन्नुभयो।
बौद्धिक अपांगता भएका कञ्चनका ३१ जना बिधार्थीहरुलाई शैक्षिक तथा स्टेशनरी सामाग्री वितरण गरिएको ​कार्यक्रममा कार्यपालिका सदस्य कुमारी घर्ती, अपांगता परिचयपत्र वितरण समन्वय समितिका दिलमाया सापकोटा भट्टराई, र ुनिल सुवेदी लगायतले शारिरीक वा बौद्धिक अपांगता भएका व्यक्तिहरुको पुर्नस्थपाना र उनिहरुको जिवनलाई आत्म निर्भर बनाउन सीप मुलक तालिम, व्यबसायिक प्रबद्र्धन जस्ता कार्यक्रमहरु स्थानीय तहबाट संचालन हुनुपर्नेमा बिशेष जोड दिनु भएको थियो।
गाँउपालिकाका उपाध्यक्ष मौसमी थापा मगरको अधयक्षतामा समपन्न कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख राम प्रसाद गौतमले स्वागत गर्नु भएको थियो भने महिला तथा बालबालिका शाखाका सहायक महिला बिकास निरीक्षक राधा भट्टराइले कार्यक्रमको सहजिकरण तथा अपांगता पुर्नस्थापनका लागि आवस्यक सुझाव र योजना माग संकलन गर्नु भएको थियो। हरेक बर्ष डिसेम्वर ३ मा अन्तराष्ट्रिय अपांगता दिवस मनाउने गरिन्छ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
1.2K
खुसी
244
हासो
428
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img