त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल -टिआइए- मा यान्त्रिक परीक्षण उडान ‘क्यालिब्रेसन फ्लाइट’ भएको छ । अन्तर्राष्ट्रिय विमानस्थलमा जडान गरिएको ‘लोकलाइजर’लगायत उपकरणको परीक्षणका लागि एरोथाईको जहाजले दुई दिन यान्त्रिक उडान गरेको विमानस्थलले जनाएको छ । जहाजलाई सेन्टरलाइन देखाउँने लोकलाइजलाई विमानस्थलको धावनमार्गको उत्तरतर्फ हालै जडान गरिएको छ ।लोकलाइजर जडानपछि विमानस्थलमा जहाज अवतरण सहज हुने विमानस्थलले जनाएको छ । ‘सेन्टरलाइजरले सही काम गरेको छ कि छैन र यसको उपयोगिता’ बारे यान्त्रिक उडानमार्फत सम्पूर्ण परीक्षण गरिएको हो ।
बिहीबार र शुक्रबार यान्त्रिक उडानका क्रममा विमानस्थलको नियमित उडान सामान्य प्रभावित भएको थियो । नवनिर्मित पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको मङ्सिर ५ देखि ११ सम्म यान्त्रिक उडान गरिएको थियो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘क्यालिब्रेसन फ्लाइट’
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
2K
228
497