रुपन्देही । रुपन्देहीमा तिनवटा स्थानिय तहले मिलेर वारुणयन्त्र संचालन गर्ने भएका छन । देवदह नगरपालिका, ओमसतिया गाउपालिका र रोहिणी गाउपालिकाको संयुक्त लगानीमा वारुणयन्त्र संचालनमा ल्याउने निर्णय गरेका हुन ।
रोणिही गाउपालिकामा बसेको संयुक्त बैठकले तिनै पालिकाको लागत सहभागितामा वारुणयन्त्र खरीद गरी संचालनमा ल्याउने निर्णय गरेको देवदह नगरपालिकाका प्रवक्ता गणेश डुम्रेले जानकारी दिनु भयो। वारुणयन्त्र खरीदको लागि देवदह नगरपालिकाले ५० प्रतिशत, रोहिणी गाउपालिका र ओमसतिया गाउपालिकाले २५/२५ प्रतिशत लगानी गर्ने सहमति भएको नगर प्रवक्ता डुम्रेले जानकारी दिनु भयो।
तिनै पालिकाको संयुक्त लगानीमा खरीद गरिएको वारुद्धयन्त्र देवदह नगरपालिका–१, मा व्यवस्थापन गरी संचालन गर्ने निर्णय गरेको छ । तिनै पालिकामा हुने विपद् व्यवस्थापन गर्ने गरी वारुणयन्त्र संचालन कार्यविधि निर्माण गर्ने सहमति भएको छ। वारुणयन्त्र संचालन र व्यवस्थापनको कार्यविधि निर्माण गर्नको लागि देवदह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेलको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको छ। समितिको सदस्यहरुमा रोहिणी गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गौतम, ओमसतिया गाउपालिकाका सदस्य सागर गौतम, देवदह नगरपालिकाका ईन्जिनियर राजकुमार यादव र रोहिणी गापालिकाका लेखा अधिकृत कृष्णप्रसाद ज्ञवाली रहनु भएको छ।
वारुणयन्त्र खरीद प्रक्रियाको लागि देवदह नगरपालिकालाई जिम्मेवारी प्रदान गरेको छ।