spot_img
spot_img
spot_img

पाल्पामा बिहे भोज खाँदा १ सय ५० जना बिरामी, घरघर पुगेर उपचार गरिदै

spot_img

पाल्पामा बिहे भोज खाँदा बिरामी हुनेको सङ्ख्या फेरी बढेको छ । गत शनिवार बिहे भोज खाएपछि चिर्तुङधारा घोरबन्दा गाउँका एक सय ५० जना बिरामी परेका हुन । बगनासकाली १ चिर्तुङधारामा भोज खाएको दिन शनिवार रातिदेखि नै बिरामी परेकाहरूमध्ये केहीको स्थानीय निजी मेडिकल, मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेजमा उपचार भएको थियो । बिरामीलाई उपचारका लागी बगनासकाली गाउँपालिकाले घर–घरमा स्वास्थ्यकर्मी खटाएको छ।
बिरामी भएकाहरूमा ज्वरो आउने, पखाला लाग्ने, टाउको दुख्ने, वाकवाकी लाग्ने, वान्ता हुने लगायतका समस्या देखिएको छ । बिरामीलाई स्वास्थ्य जाँच गरी प्राथमिक उपचार, सलाइन पानी चढाउने, जीवन जलका साथै आवश्यक औषधि वितरण गरिएको पालिकाका स्वास्थ्य शाखा प्रमुख मणिराज अधिकारीले बताएका छन।
शनिवार बगनासकाली १ चिर्तुङधाराका दानबहादुर गाहाको छोरीको बिहेमा भोज खाएकाहरू बिरामी परेका हुन् । भोजमा राँगाको मासु, पुलाउ, आलु र गोभीको तरकारी, मेवाको अचार, बटुक, आलु मुलाको अचार थियो ।
पानीमा समस्या भएको हुन सक्ने स्थानीयवासीको अनुमानपछि स्वास्थ्य कार्यालय पाल्पाले पानीको जाँचका लागिसमेत टोली खटाएको छ । बिहेमा सहभागी तीन सय ५० जनाभन्दा धेरै निम्तालुमध्ये धेरैजसो बिरामी भएका बगनासकाली १ का अध्यक्ष शेरबहादुर थापाले बताए ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img