spot_img
spot_img
spot_img

नेमकिपाका अध्यक्ष बिजुक्छेँद्वारा चमिनको निधनमा राष्ट्राध्यक्ष सीलाई समवेदना सन्देश

spot_img

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले चिनियाँ कम्युनिस्ट पार्टीका पूर्वमहासचिव एवं जनगणतन्त्र चीनका पूर्वराष्ट्राध्यक्ष चियाङ चमिनको दुःखद निधनमा समवेदना प्रकट गरेका छन । चिनियाँ कम्युनिस्ट पार्टीका वर्तमान महासचिव एवं चीनका राष्ट्राध्यक्ष सी चिनफिङलाई एक सन्देश पठाई नेमकिपा र नेपाली जनताको तर्फबाट समवेदना व्यक्त गरेका हुन । चीनका पूर्वराष्ट्राध्यक्ष चियाङको नोभेम्बर ३०, २०२२ का दिन ९६ वर्षको उमेरमा निधन भएको हो ।
सन्देशमा अध्यक्ष बिजुक्छेँले अगाडि उल्लेख गरेका छन, ‘हामी गौरवपूर्वक कमरेड चियाङ चमिनलाई एक प्रतिभाशाली नेता, कम्युनिस्ट योद्धा र सच्चा माक्र्सवादीको रूपमा सम्झना गर्दछौँ । उहाँले आफ्नो जीवनकाल र कार्यकालमा समाजवादको निर्माण, चीनलाई एकताबद्ध राष्ट्र बनाउन तथा वैचारिक, सांस्कृतिक र प्राविधिकरूपमा आधुनिक समाजवादी देश बनाउन गर्नुभएको ठूलो योगदानलाई चिनियाँ जनताले सधैँ आफ्नो मनमस्तिष्कमा राख्नेछन् । कमरेड चियाङको ७० वर्ष लामो क्रान्तिकारी सङ्घर्ष सबैका लागि र अझ विशेषगरी नयाँ पुस्ताका लागि प्रेरणादायी रहेको छ । उहाँ कम्युनिस्ट आदर्शप्रति निष्ठावान रहनुभयो, पार्टीप्रति बफादार रहनुभयो र पार्टी तथा जनताको लक्ष्यप्रति अटलरूपमा प्रतिबद्ध रहनुभयो ।’
“नेपाली जनताले कमरेड चियाङलाई एक सच्चा मित्र र नेपालको एक सच्चा शुभचिन्तकको रूपमा सम्झना गर्दछन् । उहाँले दुई देश र जनताबिचको मित्रता बलियो पार्न अत्यन्त महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो र प्राचीनकालदेखि नेपालको सच्चा मित्र र छिमेकीको रूपमा रहेको चीन र नेपालबिचको सहयोगात्मक सम्बन्धलाई थप उचाइमा पु¥याउनुभयो ।’
‘कमरेड चियाङको निधनको दुःखद घडीमा नेपाल मजदुर किसान पार्टी शोकसन्तप्त परिवारजनमा र चिनियाँ कम्युनिस्ट पार्टीका समस्त कमरेडहरूमा हार्दिक समवेदना प्रकट गर्दछ । नेपाली जनताको तर्फबाट हामी दिवंगत कमरेड चियाङ चमिनप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछौँ । शोकसन्तप्त परिवार, चिनियाँ कम्युनिस्ट पार्टी र चिनियाँ जनता शीघ्र नै शोकलाई शक्तिमा बदल्न सफल हुने विश्वास व्यक्त गर्दछौंँ ।’ सोही क्रममा मंगलबार नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवाल, केन्द्रीय सदस्य सुनिल प्रजापति र केन्द्रीय सदस्य सुरेन्द्रराज गोसाइ“ले कमरेड चियाङ चमिनको निधनमा चिनियाँ राजदूतावास पुगेर का चियाङ चमिनको तस्बीरमा पुष्पगुच्छा चढाएर समवेदना प्रकट गरेका थिए ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img