spot_img
spot_img
spot_img

बीबीसी सन् २०२२ का सय प्रभावशाली महिलाको सूची सार्वजनिक

spot_img

एजेन्सी बीबीसीले सन् २०२२ का लागि विश्वभरिबाट सय जना प्रेरणादयी र प्रभावशाली महिलाको सूची सार्वजनिक गरेको छ । जसमा विश्व सङ्गीतकी चर्चित व्यक्तित्व बिली आयलिस, युक्रेनकी प्रथम महिला ओलेना जेलेन्स्का, अभिनेत्री प्रियङ्का चोपडा जोनस र सेल्मा ब्लेअर, रुसी पप गायिका अला पुगाचेभा, इरानी आरोही इल्नाज रेकाबी, कीर्तिमानी ट्रीपल जम्प खेलाडी युलिमार रोहास, घानाकी लेखिका नाना डार्कोका सेकिआमाहलगायत रहेका छन् ।

यो सूचीले सन् २०२२ मा विश्वभरि द्वन्द्वको केन्द्रमा महिलाको भूमिकालाई प्रतिबिम्बित गरेको बीबीसीले जनाएको छ । बीबीसीले हरेक वर्ष विश्वभरका एक सय जना प्रभावशाली र प्रेरणादायी महिलाहरूको नाम सार्वजनिक गर्दै आएको छ । यो सूची दशौँ संस्करण हो । अन्तिम नाम सार्वजनिक गर्नुअघि सूची तयार पार्दा क्षेत्रीय प्रतिनिधित्वको सन्तुलनका साथै उपयुक्त निष्पक्षताको आधारलाई पनि ध्यानमा राखिएको बीबीसीले जनाएको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img