पछिल्लो समय देशमा कोरोना सङ्क्रमितको सङख्या घट्दै गएको छ । २४ घण्टामा पाँच जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन गरी नौ सय २५ जनाको नमुना परीक्षण गर्दा पाँच जनामा सङ्क्रमण पुष्टि भएको हो । थप १४ जना कोरोना सङ्क्रमित निको भएका छन् भने योसँगै कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या ५१ जनामा झरेको मन्त्रालयले जनाएको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??