मणिपाल शिक्षण अस्पतालको तेस्रो तलाबाट खसेर एक महिलाको ज्यान गएको छ । मुटुसम्बन्धी बिरामी भएर उपचाररत छोरीलाई आज (शुक्रबार) दिउँसो भेट्न गएकी सराङ्कोटकी ६५ वर्षीय धनसरी धर्तीको अस्पतालको तेस्रो तलाबाट खसेर तत्कालै मृत्यु भएको प्रहरीले जनाएको छ । ६५ वर्षीय धनसरी छोरी भेट्न सिँढी उक्लने क्रममा लडेको बताईएको छ । घटनापछि आफन्तले अस्पतालमा नाराबाजी गरेका छन् । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??