निर्वाचन आयोगले मंसिर २६ गते सोमवारसम्म समानुपातिकतर्फका सांसदहरु निर्वाचित भएको घोषणा गर्ने जनाएको छ । आज राजनीतिक दलहरुले बुझाएको नामावली जाँचबुझ गरी सोमवार अर्थात पर्सि समानुपातिकतर्फका सांसदहरु निर्वाचित भएको घोषणा गरिने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगले समानुपातिकतर्फबाट सांसदहरु पनि निर्वाचित भएको एक हप्ताभित्र चुनाव सम्बन्धी सम्पूर्ण प्रतिवेदन राष्ट्रपति विद्या भण्डारी समक्ष बुझाउने स्पष्ट पारेको छ ।
गत मंसीर ४ गते सम्पन्न भएको चुनावमा संघीय संसदमा नेकपा एमालेले ३४ सिट, नेपाली कांग्रेसले ३२ सिट, माओवादी केन्द्रले १४ सिट, राष्ट्रिय स्वतन्त्र पार्टीले १३ सिट, राष्ट्रिय प्रजातन्त्र पार्टीले ७ सिट, जनता समाजवादी पार्टी र जनमत पार्टीले ५र५ सिट समानुपातिकतर्फ सिट सङ्ख्या प्राप्त गरेका थिए ।