spot_img
spot_img
spot_img

कञ्चन महिला उद्यमीको दोश्रो साधारण सभा सम्पन्न

spot_img

रुपन्देहीको कञ्चन गाउपालिका वडा नं ५ मा रहेको कञ्चन महिला उद्यमी कृषि सहकारी संस्था लिमिटेडको दोश्रो साधारण सभा सम्पन्न भएको छ। व्यवस्थित कृषि कार्य र उद्यमशिलता नै अबको समृद्धि हो भन्ने नाराका साथ कञ्चनका महिलाहरुले स्थापना गरेको उक्त सहकारीले स्थापनाको दोश्रो बर्षमै १ लाख ६४ हजार ६६ रुपैया खुद नाफा गरेको छ। शेयर सदस्यहरुमा कृषि र उद्यमशिलतालाई प्राथमिकता दिदै आइरहेको संस्थाले १ करोड ४६ लाख ६२ हजार ९८३ रुपैया बराबरको आर्थिक कारोबार गर्न सफल भएको छ। संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष हिमा बेलवासेले संस्थामा ३०८ जना महिलाहरु शेयर सदस्य रहेको र ८ लाख ९१हजाररुपैया शेयर पुँजी रहेको जानकारी दिनुभयो ।

आगामी वर्षको कार्ययोजना प्रस्तुत गर्दै संस्थाका अध्यक्ष बेल्वासेले शेयर सदस्यमा बृद्धि गर्ने, महिलाहरुलाई समुहगत रुपमा कृषि पशुपालन तथा व्यवसाय सम्बन्धी तालिमको व्यवस्था गरी महिलाहरुलाई उद्यमशिलता तर्फ उन्मुख बनाउदै लैजाने बताउनुभयो । संस्थागत सामाजिक कोषको रुपमा ७१ हजार १९० रुपैया र असुली दर ९६ प्रतिशत रहेको बताउदै संस्थाका अध्यक्ष बेल्वासेले विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरुसंगको समन्वयमा कृषि उत्पादनमा बृद्धि गर्न किसानहरुलाई रासायनिक मल तथा बिउविजन उपलब्ध गराई कृषि उद्यमतर्फ अग्रसर गराउने पनि बताउनुभयो।
साधारणसभालाई सम्बोधन गर्दै नव निर्वाचित प्रदेश सभा सदस्य भुमिश्वर ढकालले संविधानले प्रदत्त गरेको समाजवाद उन्मुख राज्य व्यवस्था निर्माणका लागि सहकारी मार्फत सामुहिक खेती प्रणालीलाई कार्यान्वयन गर्न आवस्यक भएको बताउनुभयो। नेकपा एमालेका केन्द्रिय सदस्य समेत रहनु भएका प्रदेश सभासद ढकालले देशको आर्थिक समृद्धि व्यवसायिक र आधुनिकरण खेती प्रणालीको विकास गर्नुपर्ने आजको अवस्यकता भएकोले राज्यको तिनै तहका सरकारहरुबाट जनताको जिवनस्तरमा बृद्धि गर्न हरेक किसानहरुलाई आधुनिकीकरण तर्फ डोर्याउनुपर्नेमा जोड दिदै कञ्चनमा कोल्डस्टोर निर्माण गर्नु जरुरी रहेको बताउनुभयो।
कार्यक्रममा कञ्चन गाउपालिकाका अध्यक्ष नवराज ढकाल, कार्यपालिका सदस्य कुमारी घर्ति,सामुदायिक बन उपभोक्ता महासंघ, रुपन्देहीका अध्यक्ष दिनानाथ आचार्य, दिदि बहिनी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष अमृता थापा मगर लगायतले सहकारी मार्फत शेयर सदस्यहरुलाई उद्यमशिलता तर्फ आकर्षित गर्न सके शेयर सदस्यहरु स्वरोजगार बन्ने र उनिहरुको आर्थिक स्तरपनि विस्तारै बढ्दै जानेमा विश्वास व्यक्त गर्नुभएको थियो। योजनाबद्ध रशेयर सदस्यहरुको सेवामा आधारित वित्तिय सेवा प्रदान गर्न सके सहकारीको अर्थ र महत्व हरेक सदस्यहरुमा पुग्ने वक्ताहरुले बताएका थिए।
संस्थाका अध्यक्ष हिमा बेलवासेको अध्यक्षता तथा उपाध्यक्ष उमा गौतमको स्वागतमा सम्पन्न कार्यक्रमको सञ्चालन संस्थाका सचिव मञ्जु उपाध्ययले गर्नु भएको थियो।
उत्कृष्ट बाख्रा पालक किसान बेलमती जैसी र खुमादेवी पौडेललाई सम्मान गरिएको कार्यक्रम बुद्धदीप बोर्डिंङ स्कुलको सभाहलमा भएको थियो। उक्त सहकारी मार्फत महिला किसानहरुले प्रगतीशिल बाख्रा पालक समूह, शान्ती बाख्रा पालक महिला समूह, नमुना बाख्रा पालक महिला कृषक समूह,नवज्योती बाख्रा पालक महिला कृषक समूह र मिलीजुली बाख्रा पालक महिला कृषक समूह मार्फत व्यवसायिक बाख्रा पालन गर्दै आएका छन।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img