spot_img
spot_img
spot_img

गिद्ध संरक्षण सम्बन्धी क्षमता विकास तालिम सम्पन

spot_img

स्थानिय पशुपालक कृषकहरुका लागि भेटेरीनरी औषधिहरुको प्रयोगमा निगरानी तथा गिद्ध संरक्षण सम्बन्धी क्षमता विकास तालिम सम्पन भएको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, राजापानी सामुदायिक वन उपभोेक्ता समूह कपिलबस्तुको समन्वय र नेपाल पंन्छी संरक्षण संघ लाजिम्पाट काठमाण्डौंको आयोजनामा शुक्रवार कपिलबस्तुको वाणगंगा –३, राजापानीमा स्थानिय पशुपालक कृषकहरुका लागि भेटेरीनरी औषधिहरुको प्रयोगमा निगरानी तथा गिद्ध संरक्षण समबन्धि क्षमता विकास तालिम सम्पन भएको हो । प्रकृतिका कूचीकारका नामले चिनिने गिद्धले वातावारण सफा गर्ने, विभिन्न महामारी रोग लाग्नबाट बचाउने, पारिस्थितिकिय प्रणाली र खाद्यश्रृखला कायम गर्न अहम भूमिका खेल्ले, धार्मिक तथा सांस्कृति महत्व बचाई राख्ने आदी जस्ता मानव जातिलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सेवा दिने पंछी गिद्ध भएकोले यसको संरक्षण गर्ने उद्धेश्यका साथ सो तालिम सञ्चालन गरिएको हो।

पशु चौपायाहरु विमारी हुदाँ प्रयोग गरिने दर्द विनाशक औषधिहरु, गिद्धका लागि सुरक्षित मानिएको औषधी मेलोक्सीक्याम (Meloxicam) र टोल्फेनामिक एसिड (Tolfenamic Acid), र पछिल्लो अनुसन्धानहरुले गिद्धहरुका लागि विषाक्तता मानिएका औषधिहरु फ्लुनिक्सीन (Flunixin), कारप्रोफेन (Carprofen), निमुसुलाइड, (Nimesulide), एसिक्लोफनेक (Aceclofenac) किटोप्रोफेन (Ketoprofen) र फिनाइबुटाजोन (Phenylbutazone) का बारेमा भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कपिलबस्तुका पशु विकास अधिकृत श्री गणेश पुनले प्रशिक्षण दिनु भएको थियो। सहजिकरणको क्रममा पुनले पशुपालका कृषकहरुले आफ्नो पशु चौपायहरुको उपचार गर्दा गिद्धका लागि सुरक्षित वा विषाक्तता औषधी कुन औषधी प्रयोग भएको छ भन्ने कुराको निगरानी तथा अभिलेख राख्नु पर्ने बताउनुभएको थियो ।

नेपाल पंन्छी संरक्षण संघका कार्यक्रम विकास ब्यवस्थापक श्री खडानन्द पौडेलले कन्जरभेसन लिडरसिप प्रोगाम (Conservation leadership programme), गिद्ध तथा वातावरण संरक्षणका बारेमा प्रस्तुकरण गर्नुभएको थियो, भने नेपाल पंन्छी संरक्षण संघका परियोजना अधिकृत श्री भूपाल नेपालीले गिद्धको महत्व, गिद्ध संरक्षणका चूनौती, सफलता, नेपालमा गिद्ध संरक्षणका बारेमा भएका कार्यहरु र आगामी दिनमा गिद्ध संरक्षणका लागि गर्नुपर्ने कदमहरुका बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो ।

वाणगंगा–३, कपिलबस्तुका वडा अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथि श्री टेक बहादुर झेडी मगर, पटना सव डिभिजन वन कार्यालयका रेन्जर श्री रविन्द्र नाथ खनाल, स्थानिय बुद्धिजिवी कृष्ण देव पोख्रेल, धनराज झेडी मगर, मायादेवी गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत एवं नेभ्ला कपिलबस्तुका अध्यक्ष श्री परमेश्वर यादव र राजापानी सामुदायिक वन उपभोक्ता समूहका कोषाध्यक्ष एवं कार्यक्रममा सभाध्यक्ष श्री कृष्ण पौडेलले गिद्ध संरक्षण, चरा तथा जैविक विविधता संरक्षण, गिद्धको आहारा तथा ब्यवस्थापन, गिद्ध संरक्षण बारेमा चेतना अभिबृद्धि गर्ने विषमा आआफ्नो विचार ब्यक्त गर्नुभएको थियो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img