spot_img
spot_img
spot_img

सुरक्षा परिषदमा भारतको स्थायी सदस्यताका लागि रुसले समर्थन दोहोर्‍यायो

spot_img

एजेन्सी । रुसले राष्ट्र सङ्घीय सुरक्षा परिषदमा भारतको स्थायी सदस्यताका लागि फेरि एक पटक आफ्नो समर्थन दोहोर्‍याएको छ । साथै रुसले विश्वव्यापी र क्षेत्रीय मुद्दामा नयाँ दिल्लीको अडानले परिषद्को गरिमा बढाएको बताएको छ । प्रिमकोभ रिडिङ्स इन्टरनेशनल फोरममा रुसी विदेशमन्त्री सर्गेई लाभरोभले परिषद्को स्थायी सदस्यमा भारतलाई आफ्नो देशको समर्थन रहेको बताउनुभएको हो ।

आर्थिक वृद्धिका दृष्टिले विश्वका अग्रणी देशमध्ये भारत एक भएको र भारतसँग विश्वमा देखिएका विभिन्न प्रकारका समस्या समाधान गर्ने ठूलो कुटनीतिक अनुभव भएको लाभरोभको भनाइ छ ।

महासभामा उहाँले विशेषगरि भारत र ब्राजिल प्रमुख अन्तर्राष्ट्रिय शक्ति भएकाले उनीहरूलाई परिषद्को स्थायी सदस्यता प्रदान गर्नुपर्ने बताउनुभएको थियो । पन्ध्र देश सदस्य रहेको सुरक्षा परिषद्का पाँच वटा स्थायी सदस्यमध्ये अमेरिका, बेलायत, फ्रान्स र रुसले भारतलाई स्थायी सदस्यताका निम्ति समर्थन गरेका छन् भने चीन मौन रहेको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img