दाङमा प्रहरी हिरासतभित्रै श्रीमानलाई लागुऔषध ब्राउन सुगर दिन खोज्ने एक महिला पक्राउ परेकी छिन् । जिल्ला प्रहरी कार्यालयको हिरासतभित्र रहेका २२ वर्षका श्रीमान् अशोक खड्कालाई भेट्न गएकी शान्तिले लगेको फलफूलभित्र ब्राउन सुगर फेला परेपछि प्रहरीले ति महिलालाई नियन्त्रण लिएको हो ।
पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका १५ की २६ वर्षीया शान्ति खड्का घर्ती रहेको प्रहरीले जनाएको छ । बरामद गरिएको ब्राउन सुगर एक सय २० मिलिग्राम रहेको प्रहरीको भनाई छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??