spot_img
spot_img
spot_img

साना किसान कृषि साकोसको १२ औं साधारण सभा सम्पन्न

spot_img

साना किसान कृषि सहकारी संस्था लिमिटेड कञ्चन १, बेलभरिया रुपन्देहीको १२औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। साधारण सभालाई सम्बोधन गर्दै लुम्बिनी प्रदेश सभा सदस्य भुमिश्वर ढकालले सहकारीका कतिपय नीतिहरु संकुचित भएको कारणले सहकारीहरुले सोचेजस्तो प्रगति गर्न नसकेको बताउनु भएको छ। सभाका प्रमुख अतिथि समेत रहनु भएका रुपन्देही क्षेत्र नं। ५९१० का सभासद ढकालले सहकारीको संस्थागत बिकास र प्रगतिमा अवरोध ल्याउने नीतिको परिमार्जन गर्नुपर्ने बताउदै सहकारीले किसानहरुलाई व्यवसायीक रुपमा अगाडी बढाउदै किसानको जीवन स्तर सुधार गर्न लाग्नु पर्नेमा जोड दिनुभयो।
साना किसान लघुवित्त वित्तीय संस्था बुटवलका इलाका प्रबन्धक प्रवन्धक गणेशप्रसाद भट्टराईले पछिल्लो समय विश्वबजारमा पारेको आर्थिक प्रभावले सहकारीमा पनि ब्याजदर बढ्दो क्रममा रहेको बताउनुभयो।

साधारण सभा एक औपचारिक कार्यक्रम मात्र नभइ शेयर सदस्यहरु बिच छलफल गर्ने माध्यम भएको र सहकारीमा अवद्ध शेयर सदस्यहरुको आर्थिक तथा जिवनस्तर बृद्धि गर्ने बिषयमा बिचारविमर्श गर्ने मञ्च समेत भएको प्रबन्धक भट्टराईले बताउनुभयो । साकोसका अध्यक्ष ओम प्रसाद गौतमले आ.व २०७८र०७९ को बार्षिक प्रतिवेदन तथा लेखा सुपरिबेक्षण समितिका संयोजक सरला ढकालले लेखा सुपरिवेक्षण प्रतिवेदन प्रस्तुत गर्नु भएको साधारण सभामा परोहा सानाकिसान सहकारीका सैनामैनाका प्रबन्धक दिनेश घिमिरे, शेयर सदस्यहरुको तर्फबाट बिमला नेपाल, माया आचार्य लगायतले शुभकामना मन्तव्य ब्यक्त गर्नु भएको थियो।

आ.व २०७८र०७९ मा ३५ लाख २२ हजार ४ सय २९ नाफा कमाएको संस्थाको ७३ लाख ४९ हजार ४ सय शेयर पूँजी रहेको छ। यस्तै १,२६१ जना शेयर सदस्य रहेको संस्थाले १ करोड ३८ लाख ७८ हजार कर्जा लगानी गरेको छ भने ७ करोड २५ लाख ६९ हजार २ सय ४० निक्षेप संकलन गरेको छ।
सहकारी उपाध्यक्ष बसन्ती थारुको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा अध्यक्ष ओमप्रसाद शर्माले सञ्चालक समितिको तर्फबाट प्रतिवेदन र लेखासंयोजक सरला ढकालले प्रस्तुत गर्नुभयो । संस्थाका अध्यक्ष ओम प्रसाद गौतमको अध्यक्षतामा सम्पन्न साधारण सभामा व्यवस्थापक बसन्ती चौधरीले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img