spot_img
spot_img
spot_img

विद्यार्थीका लागी कञ्चनमा लागुऔध दुर्ब्यसनी नियन्त्रण सम्बन्धी सचेतना कार्यक्रम

spot_img

रुपन्देहीको कञ्चन गाउपालिका वडा नंं ४ को वडा कार्यालयले सामुदायिक बिधालयमा अध्ययन गर्ने बिधार्थीहरुका लागि लागु औषध दुर्ब्यसनी नियन्त्रण तथा रोकथामका लागि सचेतना मुलक कार्यक्रम सम्पन्न गरेको छ। लागुऔषध दुर्ब्यसनी सम्बन्धी सचेतना सम्बन्धी प्रशिक्षण दिदै ईलाका प्रहरी कार्यालय रुद्रपुरका प्रहरी निरीक्षक राजाराम यादवले किशोर किशोरी अवस्थामा बढीमात्रा कुलतमा फस्ने सक्ने सम्भावना हुने भएकोले लागुऔषधको दुर्ब्यसनीबारे बिधालय र परिवार भित्र पनि छलफल गरिनु पर्ने बताउनु भयो। आफु भन्दा माथीकाले खाएको र लाएको देखेर सिको गर्ने र त्यही सिको पछि लतको रुपमा बिकास हुने भएकोले बिधालयतहमा के सही के गलत भन्ने कुराको शिक्षा दिइनु आवस्यक हुने प्रहरी निरीक्षक यादवले बताउनुभयो।

चिकित्सकको सल्लाह अनुसार प्रयोग गरिने औषधीले कुनै नोक्सानी नगर्ने तर त्यही औषधीलाई दुरुपयोग गरि सेवन गर्यो भने दुर्ब्यसनी हुने बताउदै प्रहरी निरीक्षक यादवले समाजमा वा बिधालयमा त्यस किसिमका अवाञ्छित कार्य भएको थाहा भएमा प्रहरी समक्षा जानकारी गराउन समेत आग्रह गर्नुभयो।
यस्तै संकल्प समूहका सचिव दृष्टि रानाले बिधार्थीहरुलाई लागुऔषधबारे जानकारी गराउदै किशोर किशोरीहरु लागु औषधमा फस्ने कारणहरु भनेको संगीसाथीको लहै लहैमा लागेर, आफु भन्दा ठूलाले गरेको कृयाकलापहरुको सिको गर्नु मुख्य रहेको बताउनु भयो। लागुऔषध दुर्ब्यसनीले आफ्नो व्यक्तिगत जिवन, घर परिवार र समाजलाई समेत असर गर्ने भएकोले किशोर किशोरी अवस्थामानै हरेक कार्यहरु गर्दा सचेत्तापुर्ण भई अगाडी बढ्नु पर्ने रानाले बताउनुभयो।

कार्यक्रमका प्रमुख अतिथि तथा गाउ कार्यपालिका सदस्य शुसिला थापाले बिधार्थी जिवन भनेको जिवनउपयोगी कुराहरु सिक्ने र आपसमा सिक्ने समय भएकाले गलत कार्यहरुको कुनै पनि सिको गर्न नहुने बताउनु भयो। किशोर किशोरी अवस्था भनेको सही कुराको ग्रहण र गलत कार्यहरु प्रति ध्यान नदिने समय भएकोले जिवन कसरी राम्रो र सुन्दर बनाउन सकिन्छ भन्ने कुराहरुको ज्ञान  आफ्ना अभिभावक तथा शिक्षकहरुबाट सिक्नु पर्ने कार्यपालिका सदस्य थापाले बताउनुभएको छ ।

कार्यक्रमका अध्यक्ष तथा तथा वडा नं. ४ का वडा अध्यक्ष केशर बहादुर खत्रीले आर्थिक समस्या वा अन्य कारणले बिधालय छोड्नु पर्ने अवस्था भए वडामा आएर गुनासो राखेको अवस्थामा आफु र वडाले सहयोग गर्ने बताउनुभयो। बिधालय पढ्न घरको आर्थिक अवस्था कमजोर छ भनेर बिधालय जान बन्द नगर्न आग्रह गर्दै आर्थिक रुपमा कमजोर र जेहेन्दार बिधार्थीहरुका लागि पालिकाबाट आवस्यक सहयोग समेत पहल गर्ने प्रतिबद्धता जनाउनु भयो। बिधालयतहमा अध्धयन गर्ने बिधार्थीहरुले नै लागुऔषध दुर्ब्यसनीमा फस्ने भएकोले त्यसको रोकथाम र नियन्त्रणका लागि वडाबाट बिधार्थीहरुका लागि सचेतना कार्यक्रम संचालन गरेको समेत वडा अध्यक्ष खत्रीले जानकारी दिनुभयो। वडा नं. ४ का ४ सामुदायिक बिधालयहरुका ४० जना बिधार्थीहरुको सहभागी रहेको कार्यक्रमको संचालन वडा सचिव चक्रपाणी पौडेलले गर्नुभएको थियो।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img