spot_img
spot_img
spot_img

गैडहवाको पर्यटन प्रबद्र्धनका लागि भलिबल प्रतियोगिता, होमस्टे निर्माण कार्यको योजना तयार : अध्यक्ष पौडेल

spot_img

रुपन्देहीको गैडहवा गाँउपालिकामा प्रथम गैडहवा गाँउपालिका अध्यक्ष कप पुरुष भलिवल प्रतियोगिता २०७९ को बिहिवार शुभारम्भ गरिएको छ। रुपन्देही जिल्लाकै ठूलो सिमसार तालको रुपमा रहेको गैडहवातालको पर्यटन प्रबद्र्धनका लागि पहिलो पटक सञ्चालन गरिएको भलिवल प्रतियोगिताको शुभारम्भ गैडहवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौडेलले गर्नुभयो। कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका गाउँपालिका अध्यक्ष पौडेलले गैडहवाताल रुपन्देहीकै गौरव र ठूलो सिमसार ताल भएको र यसको उचित प्रचार प्रसार सही व्यवस्थापनको कमीका कारण ओझेलमा परेको उल्लेख गर्नुभयो।

अब गैडहवातालको सहि व्यबस्थापन र उचित सौन्दर्यकरण गरेर जल तथा पर्या पर्याटनको प्रबद्र्धन गरी स्थानीयहरुको आर्थिक स्तरमा पनि बृद्धि गरिने बताउदै अध्यक्ष पौडेलले स्थानीयहरुको आर्थिकस्तर सवल बनाउन होमस्टे निर्माणको कार्ययोजना समेत तयार भइरहेको बताउनु भयो। गैडहवाताललाई गैडहवाको मात्र नभई सम्भव भएसम्म देशकै नमुना र पर्यटकिय दृष्टिकोणले नमुना बनाएर आन्तरिक तथा बाह्य पर्यटकहरुके आकर्षण्को केन्द्र बनाउन पालिका तहबाट प्रदेश र संघमा आवस्यक योजना सहितको बजेट ब्यबस्थापनका लागि पहल गरिरहेको समेत अधयक्ष पौडेलले बताउनुभयो।

खेलकुदको माध्यमबाट गैडहवातालको पर्यटन प्रबद्र्धनका लागि प्रचार प्रसार गर्ने उद्धेश्यका साथ खुल्ला भलिवल प्रतियोगिताको आयोजना गरिएको बताउदै अध्यक्ष पौडेलले बिभिन्न जिल्लाबाट प्रतियोगितामा सहभागी हुन आउनु भएका खेलाडीहरुको माध्यमबाट गैडहवातालको प्रचार प्रसार गर्न आग्रह गर्नु भयो। गैडहवाबाट पनि राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडाी उत्पादन भएको र नवौ राष्ट्रिय खेलकुदमा खो खो खेलमा प्रथम हुन सफल खो खो खेलाडी भरत सारु लगायत खेलाडीहरुको सम्मान गर्ने प्रतिबद्धता सहित खेलकुदको बिकासका लागि पालिका तहबाट आवस्यक योजना र बजेट ब्यबस्थापन गरिने अध्यक्ष पौडेलले बताउनुभयो।

प्रथम अध्यक्ष कप खुल्ला पुरुष भलिवल प्रतियोगिता २०७९ मा रुपन्देही, गुल्मी, पाल्पा, स्याङ्गजा, कपिलबस्तु र नवलपरासीका गरी १५ टिमको सहभागिता रहेको छ। प्रतियोगितामा विजेता टिमले नगद ५० हजार रुपैया सहित मेडल र कप प्राप्त गर्ने छन भने उपविजेता टिमले नगद ३० हजार सहित मेडल र कप प्राप्त गर्ने आयोजक श्री शान्ती युवा क्लव, गैडहवा ४, रुपन्देहीका अध्यक्ष टंक बहादुर बस्नेतले जानकारी दिनु भएको छ।

गैडहवा गाउपालिकाको आर्थिक सहयोग र स्थानीय शान्ती युवा क्लवको आयोजनामा संचालित प्रतियोगितामा अन्तिम ४ मा पुग्न सफल २ टिमले जनही १० हजार रुपैया सान्त्वना वापत पुरस्कार पाउने छन। यस्तै प्रतियोगितामा बिधागत रुपमा उत्कृष्ट सेटर, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट ब्लकर, उत्कृष्ट स्पाइकर, उत्कृष्ट सर्वर र उत्कृष्ट खेलाडीलाई समेत सम्मान र पुरस्कार पाउने छन। श्री शान्ती युवा क्लवका अध्यक्ष टंक बहादुर बस्नेतको अध्यक्षता तथा तेज कुमारी बि।क।को स्वागतमा शुरु भएको प्रतियोगिताको उद्धघाटन शत्रको कार्यक्रमको सञ्चालन दिनेश घिमिरेले गर्नु भएको थियो। पुष २ गते सम्म सञ्चालन हुने प्रतियोगिता रुपन्देहीको ठूलो सिमसार ताल गैडहवातालमा सञ्चालन भइरहेको र प्रतियोगितामा सांस्कृतिक कार्यक्रम समेत हुने खेल संयोजक दीपक गुरुङ्गले जानकारी दिनुभयो।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img