spot_img
spot_img
spot_img

निर्वाचनमा धाँधली गर्ने दलहरु आफै नांगिदै गएको नेमकिपाका गोसाईको दाबी

spot_img

नेपाल मजदुर किसान पार्टी कर्णाली प्रदेस संयोजक एवम् केन्द्रीय सदस्य सरोजराज गोसाईंले निर्वाचनमा जित्नको लागि धाँधली गर्ने शासक दलहरु आफै नांगिदै गएको दावी गर्नुभएको छ । नेपाल मजदुर किसान पार्टी बर्दिया जिल्ला समितिले बुधबार बर्दियाको वैदीमा सम्पन्न गरेको निर्वाचन समीक्षा बैठकको क्रममा नेता गोसाईंले सो कुरा उल्लेख गर्नु भएको हो। देशको राजनीतिक व्यवस्था परिवर्तन अवश्यमभावी भएको हुँदा जनताहरुलाई परिवर्तनप्रति आशावादी बनाउनुपर्ने बताउदै कमिसनकै लोभको कारण शासक दलहरुले नेपालै रासायनीक मल कारखाना खोल्न नचाहेको र समयमा पनि रासायनीक मल आपुर्ति नगरेको नेता गोसाईंले स्पष्ट पार्नु भयो । कर्णाली प्रदेश संयोजक गोसाईंले जनताको दैनिक जीविका र अन्य समस्यामा प्रत्यक्ष सहभागी भएर संगठन विस्तार र विकास गर्न सकिने समेत उल्लेख गर्नुभयो।
बैठकमा नेपाल मजदुर किसान पार्टीका वैकल्पिक केन्द्रीय सदस्य मञ्जू चौधरीले निर्वाचनमा खटिएका कर्मचारीहरुले नै शासक दलका गठबन्धन वा तलमेलका उम्मेदवारहरुलाई बाहेक उम्मेदवारी दर्ता गर्नबाट वञ्चित गराउन खोजेको चर्चा गर्दै कर्मचारीहरुले जातीय पूर्वाग्रहका साथ काम गरेको छ भन्नुभयो। बर्दियाको गुलरिया नगरपालिकामा चुनावी कोणसभा रोक्न षड्यन्त्र गरेको चर्चा गर्दै वैकल्पिक केन्द्रीय सदस्य चौधरीले शासक दलका नेता कार्यकर्ताहरु र कर्मचारीहरुले नै जातीय द्वेश फैलाउने गतिविधि गरिरहेको आरोप लगाउनुभयो ।
नेमकिपा बर्दिया जिल्लाका अध्यक्ष हरिलाल न्यौपानेको अध्यक्षतामा सम्पन्न बैठकमा नेमकिपा लुम्बिनी संयोजक हरिसुन्दर वासी, प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार धनराज जैसी आचार्य, मनोज चौधरी, विनोद ओली, प्रदेश सभा उम्मेदवार तुल्सीप्रसाद आचार्य, पवित्रा शाही, थिरबहादुर ओली लगायतले निर्वाचनको प्रचार प्रसारको क्रममा प्राप्त अनुभव र राजनैतिक गतिबिधीहरुबारे आ आफ्नो अनुभव सुनाउनुभएको थियो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
1
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img