spot_img
spot_img
spot_img

विषालु पालुङ्गो खाँदा धेरै मानिस बिरामी

spot_img

एजेन्सी । अष्ट्रेलियामा विषालु पालुङ्गो खाँदा मानिस बिरामी परेको खबर छ । यी व्यक्तिहरूले स्वास्थ्य बिग्रनेदेखि लिएर हेलुसिनेशन अर्थात् भ्रमित हुनेजस्ता समस्या भइरहेको बताइरहेका छन् । हालसम्म नौ जनालाई स्वास्थ्य सहायता प्रदान गरिएको छ । रिभिएरा फार्म्स ब्रान्डको पालुङ्गो खाएपछि यस्तो भएको भन्ने गुनासो आइरहेको छ । पालुङ्गो खाएपछि मानिसमा अलमल हुनेदेखि मुटुको धड्कन बढ्ने र दृष्टि धमिलो हुने जस्ता लक्षण देखिन थालेको स्वास्थ्य विभागले जनाएको छ।

यससँगै यो ब्राण्डको पालुङ्गो खाँदा कुनै लक्षण देखिए तुरुन्त अस्पताल जान स्वास्थ्य विभागले जनाएको छ ।
सिड्नी मर्निङ हेराल्डसँग कुरा गर्दै प्रान्तीय विष सूचना केन्द्रका अधिकारी डाक्टर ड्यारेन रोबर्ट्सले भने, ‘अहिलेसम्म कोही व्यक्तिको मृत्यु भयो भन्ने खबर आएको छैन । यस्तोमा हामी निकै खुसी छौँ । यस्तो खबर नआओस् पनि, हामी यहि आशा गर्छौँ ।’ रिभिएरा फार्म्सका प्रवक्ताले यो पालुङ्गोको समूह कुनै प्रकारको झारबाट प्रभावित भएको तर अन्य उत्पादन यसबाट प्रभावित नभएको बताएका छन् ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img