रुपन्देहीको तिलत्तोमा १५ कोटिहवा केन्द्रिय कार्यलय रही जिल्लाका १० स्थानमा सेवा केन्द्र रहेको जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७औं बार्षिक उत्सव १० वटै सेवा केन्द्रमा एकैसाथ कार्यक्रम गरी मनाइएको छ। रुद्रपुर सेवा केन्द्रमा भएको कार्यक्रममा जनउत्थान साकोसका जेष्ठ शेयर सदस्यहरुलाई सम्मान, जेहेन्दार तथा विपन्न बिधार्थीहरुलाई छात्रबृत्ति वितरण तथा बाख्रा पालक किसानलाई २ बर्षका लागि निव्र्याज सापटी रकम वितरण गरिएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले देशमा आएको आर्थिक मन्दीका कारण वित्तिय संस्थाहरुको अवस्था कमजोर भएपनि सहकारी संस्थाहरु सवल भएको बताउनुभएको छ। कतिपय सहकारीहरुको अवस्था कमजो भएर शेयर सदस्यहरुलाई थाहै नदिई भाग्ने कार्य भइरहेपनि अधिक्तम सहकारीहरुले आफ्ना सदस्यहरुको आर्थिकस्तर बृद्धि गर्नमा भुमिका खेल्दै आइरहेको पनि उल्लेख गर्नुभएको छ।
अध्यक्ष ढकालले सदस्यहरुबाटै सहकारीको निगरानी र स्थानीय तहबाट नियमन तथा अनुगमन हुन सके कुनै पनि सहकारीहरुले जोखिम मोल्नु नपर्ने समेत बताउनुभयो। जबसम्म सदस्यहरु सचेत र संस्थाप्रति निगरानी गर्दैनै तबसम्म सहकारीका सञ्चालक तथा ब्यबस्थापकहरुको गैरजिम्मेवारीपुर्ण कार्यहरु भई सहकारी डुब्न सक्ने कुरामा समेत सदस्यहरुलाई सचेत हुन अध्यक्ष ढकालले आग्रह गर्नुभयो। रुपन्देही जिल्लाको साविक किुलीगढ गा।बि।स। वडा नं ८ सुपौलीमा २०५९ साल असोज २६ गते त्यस क्षेत्रका ५ जना चेतनशिल युवाहरुको सक्रियतामा यस क्षेत्रकै नुमना सहकारी बनाउने उद्धेश्यका साथ बागलुङ्ग सामुदायिक संस्थाको स्थापना भएको संस्था नै जनउत्थान साकोस भएको रुद्रपुर सेवा केन्द्र ब्यस्थापन समितिका संयोजक भैरब बहादुर थापाले जानकारी दिनुभयो।
रुद्रपुरमा सेवा केन्द्र स्थापन भएपछि यस केन्द्रमा २ हजार ४ सय ३५ जना शेयर सदस्य भएको र १० वटै सेवा केन्द्रमा गरी ३६ हजार ८ सय ८७ शेयर सदस्य रहेको उक्त साकोसको शेयर पुँजी २७ करोड ८३ लाख ६ हजार ७ सय रुपैया रहेको छ। १० करोड ११ लाख ३५ हजार ५ सय ७६ शुद्ध नाफा गर्न सफल जनउत्थानको २२ करोड ७ लाख ३९ हजार ९ सय ७२ रुपैया जगेडा कोष रहेको छ।
लुम्बिनी प्रदेशकै नमुना र उत्कृष्ट सहकारीको रुपमा बिकास भएको जनउत्थानले २०७८ सालमा सर्बोकृष्ट सहकारीको रुपमा सम्मानित भएको छ। रुद्रपुर सेवा केन्द्र व्यबस्थापन उप समितिका संयोजक भैरब बहादुर थापाको अध्यक्षता तथा सदस्य पुणै बहादुर पुनको स्वागतमा सम्पन्न कार्यक्रममा टिकासरा नगरकोटी, सिता चौधरी र बसन्त थापालाई निव्र्याज रुपमा २ बर्षका लागि विउ पुँजीको रुपमा जनही १० हजार रुपैया उपलब्ध गराइएको थियो। यस्तै जेष्ठ शेयर सदस्यहरु रनसेर काला, लाल बहादुर दर्लामी, पम्फा रोका, पदम बहादुर थापा, गोपालसिंह पुन, कृष्ण बहादुर फौजा, हरिध्वज घर्ति मगर, खडक बहादुर मगर पुन, ओकिला घर्ति मगर, दिल बहादुर बिक, मगराज गुरुङ्ग, खुशीयाल थारु, दिलरुपा थापा, चन्द्रकला थापा र दिल बहादुर सापकोटा क्षेत्रीलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो।
यस्तै कार्यक्रममा शेयर सदस्यका छोरा छोरीहरु मध्ये बिधालय तह तथा उच्च शिक्षा अध्यनरत बिधार्थीहरुलाई पनि छात्रबृत्ति वितरण गरिएको छ र छात्रबृत्ति पाउनेहरुमा अनिता थापा, सन्तोष उपाध्याय, कविता कुमारी चौधरी, सविना चौधरी र हिमाल सापकोटा रहेका छन। रुद्रपुर सेवा केन्द्र संचालन परामर्श कार्यदलका संयोजक थम बहादुर सिंजालीको सञ्चालमा कार्यक्रम सम्पन्न भएको हो।