spot_img
spot_img
spot_img

लुम्बिनी ज्ञान निकेतनको ३४ औं बार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न

spot_img

रुपन्देहीको कञ्चन गाँउपालिकामा रहेकोे लुम्बिनी ज्ञान निकेतन माध्यामिक विद्यालय , कञ्चन ५ को ३४ औं बार्षिक उत्सव तथा अभिभावक दिवस विविध कार्यक्रम सहित मनाइएको छ। विद्यालयको बार्षिक उत्सव तथा अभिभावक दिवसलाई सम्बोधन गर्दै कञ्चन गाँउपालिकाका अध्यक्ष नवराज ढकालले बिधालयको शैक्षिक स्तर सुधार शिक्षक, अभिभावक र बिधार्थीहरुको त्रिकोणात्मक समन्वय र सहकार्यले मात्र सम्भव हुुने बताउनुभएको छ। आफुसंग भएको श्रोत साधनको अधिकतम उपयोग गरी शैक्षिक कृयाकलाप सञ्चालन गर्नु हरेक बिद्यालयको बाध्यताका बिच पनि यस बिधालयले प्राप्त गरेको शैक्षिक उपलब्धी अन्य बिद्यालयहरुले पनि मनन गर्न आवस्यक रहेको अध्यक्ष ढकालले बताउनुभयो।

तिनाउ देखि पश्चिममा रहेको एकमात्र बिज्ञान संकाय संचालित यस लुम्बिनी ज्ञान निकेतन माध्यमिक बिद्यालयको भौतिक तथा शैक्षिक रुपमा स्तरबृद्धि गर्न पालिका, संघ र प्रदेशमा पनि आफुले सक्दो पहललाई निरन्तरता दिने समेत अध्यक्ष ढकालले प्रतिबद्धता व्यक्त गर्नुभयो। विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै बिद्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद शर्माले आगामी शैक्षिक सत्रहरुमा बिद्यालयको शैक्षिक कृयाकलाप पालिकाकै नुमना बनाउन सरोकार वालाहरुसंग आपसी सहकार्य र समन्वय गर्ने बताउनुभयो। विज्ञान संकायको पठनपाठनलाई अझ प्रभावकारी बनाउन र बिज्ञान प्रयोगशालालाई अझ व्यवस्थित र गुणस्तरिय बनाउन पालिकासंग आवस्यक सहयोग अपेक्षा गरिएको प्रधानाध्यापक शर्माले बताउनभयो। करिब १ हजार बिधार्थी संख्या रहेको बिद्यालयमा कक्षा ११ र १२ मा बिज्ञान संकायको पढाइ हुदै आइरहेको र त्यस बिद्यालयबाट उत्पादित बिधार्थीहरुले बिभिन्न स्थानमा गई थप उच्च शिक्षा अध्ययन गर्दै आइरहेको समेत प्रधानाध्यापक शर्माले बताउनुभयो ।
कार्यक्रममा वडा नं ५ का अध्यक्ष कुलप्रसाद पौडेल, दीनानाथ आचार्य, बासुदेवद्वीन पौडेल, लक्ष्मीकान्त पौडेल, देविराम रेग्मी, सिता पाण्डे, लेखनाथ पौडेल, ज्ञानुराम भारती लगायतले शुभकामना मन्तव्य ब्यक्त गर्नुभएको थियो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोकराज पौडेल गणेशको अध्यक्षता तथा सहायक प्रधानाध्यापक बालकृष्ण पराजुलीको स्वगतमा सम्पन्न कार्यक्रममा विधार्थीहरुद्वारा विभिन्न नृत्य तथा वाककला प्रस्तुत गरेका थिए। विद्यालयका शिक्षक एकराज ज्ञवालीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img