spot_img
spot_img
spot_img

सौन्दर्य व्यवसायलाई सम्मानको पेशा बनाउनुपर्नेमा जोड

spot_img

सौन्दर्यकला ब्यवसायलाई सम्मानको पेशाका रुपमा हेर्नु पर्नेमा सरोकारवालाले जोड दिएका छन। अन्य क्षेत्रभन्दा सौन्दर्यकला ब्यवसाय सम्मानको पेशा तथा ब्यवसाय भएकाले यसलाई सम्मानको पेशाका रुपमा हेर्न सौन्दर्यकला ब्यवसायीहरुले जोड दिएका हुन। सौन्दर्यकला ब्यवसायी संघ नेपाल रुपन्देहीको बुटवलमा शनिबार सम्पन्न १५ औं साधारण सभा तथा पाँचौ अधिवेशनको अवसरमा बोल्ने सौन्दर्यकला ब्यवसायीहरुले उद्योग सरह मान्यता प्राप्त गरेको सौन्दर्यकला ब्यवसायलाई मर्यादीत र सम्मानको पेशाका रुपमा लिन सुझाव दिएका हुन् । संघका अध्यक्ष रेनु श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा सौन्दर्यकला ब्यवसायी संघ नेपालका केन्द्रीय अध्यक्ष कमला श्रेष्ठले उद्योगका स्थापित सौन्दर्यकला ब्यवसायीलाई अझै मर्यादीत बनाउन आवश्यक रहेको बताउनुभयो।

उहाँले सौन्दर्यकलालाई पाठ्यक्रममा समावेश गर्नका लागि सौन्दर्यकला ब्यवसायीले खेलेको भुमिका महत्वपुर्ण रहेको उल्लेख गर्दै ब्यवसायी सफल हुनका लागि फरक सकारात्मक उर्जावान क्षमताको विकास हुन आवश्यक रहेकोमा जोड दिनुभयो । कार्यक्रममा बुटवल उद्योग बाणिज्य संघका बरिष्ट उपाध्यक्ष दिनेश श्रेष्ठले वर्तमान अवस्थामा ब्यवसायिक सहकार्य आवश्यक रहेको उल्लेख गर्दै बाणिज्यसँग सदैव सौन्दर्यकला ब्यवसायीको साथमा रहने बताउनुभयो ।

कार्यक्रम संयोजक अनु श्रेष्ठको स्वागतमा भएको कार्यक्रममा नेपाल ब्युटिसियन संघका केन्द्रीय उपाध्यक्ष शान्ता शर्मा, सौन्दर्यकला ब्यवसायी संघका पश्चिमाञ्चल उपाध्यक्ष मिना प्रधान, केन्द्रीय सदस्य जेनी श्रेष्ठ, राष्ट्रिय सौन्दर्यकर्मी युनियनका लुम्विनी प्रदेश उपाध्यक्ष रन्जु थापा, ब्युटिसियन संघ रुपन्देहीका अध्यक्ष रेनु कर्माचार्य, मिरा शर्मा भु्साल लगायतले सौन्दर्यकला ब्यवसायलाई सबैले सकारात्मक भुमिकाका साथमा हेर्नु पर्नेमा जोड दिनुभयो ।

सोही अवसर पारि संघले डायरेक्ट्री समेत विमोचन गरेको थियो । संचारकर्मी झविन्द्र देवकोटाको संचालनमा भएको कार्यक्रममा विभिन्न क्षेत्रबाट सौन्दर्यकला ब्यवसायी संघलाई सहयोग गर्न ब्यक्ति तथा संघ÷संस्थालाई सम्मान गरिएको थियो । यसैबीच आउने तीन वर्षका लागि आशु गुरुङ्गको अध्यक्षतामा १५ सदस्यीय नयाँ समिति चयन भएको निर्वाचन अधिकृत दिपक श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार आगामी तीन वर्षका लागि संघको उपाध्यक्ष निरा श्रेष्ठ, सचिवमा दुर्गा काफ्ले र कोषाध्यक्षमा अम्विका लम्साल चयन हुनु भएको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img